तनहुँमा हालसम्म ३१ वटा शव फेला, ५ जना सम्पर्कबिहिन

हालसम्म ३१ शव फेला, ८ वटा प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २३ वटा शव पोखरा पठाइएको

तनहुँ : भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि तनहुँमा शुक्रबार थप ३ वटा शव फेला परेका छल् । आँबुखैरेनी र देवघाट क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा बुधबार ९ वटा, बिहीबार १९ र शुक्रबार ३ वटा गरी हालसम्म ३१ वटा शव फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढी प्रभावितको खोजी तथा उद्धारका क्रममा भेटिएका शवमध्ये २३ वटा शव गण्डकी अस्पताल पोखरा पठाइएको छ भने ८ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

प्रदेश अस्पताल दमौलीमा राखिएको शवमध्ये २ वटा शव सनाखत गर्न मिल्ने अवस्थामा रहेको अस्पतालका प्रमुख डा.परिर्वतन बरालले बताए । प्रदेश अस्पताल दमौलीको शवगृहमा ५ वटासम्म शव राख्ने क्षमता रहेको डा.बरालले बताए । उनका अनुसार, ‘शवगृहको क्षमता ५ वटा रहेता पनि हालको परिस्थितिमा ८ वटा शवसम्म मिलाएर राख्न सकिन्छ ।’

भेटिएका शवहरु डिकम्पोजिनको फेजमा पुगिसकेको तर फ्रिजरमै भइरहेको नगनाउने उनले बताए । ‘प्रहरीको मुचुल्का र हाम्रो आवश्यक प्रक्रिया पुरा गरेपछि पोष्टमार्टम हुन्छ’, उनले भने, ‘पोष्टमार्टमका लागि आवश्यक जनशक्ति अस्पतालमै हुनुहुन्छ । डिएनए परिक्षणको लागि भने आवश्यक स्याम्पल काठमाडौं पठाउने गरिन्छ ।’

यस्तै, पोष्टमार्टम प्रदेश अस्पताल दमौलीमै हुने तर डिएन परिक्षण जिल्लामा नहुने हुँदा काडमाडौं पठाउने पक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । उनले भने, ‘शवहरु पहिचानका लागि पनि हामीले फोटो सहितको क्युआर निकाल्ने तयारीम छौं । जसले गर्दा सम्बन्धित परिवार तथा आफन्तस“ग समन्वय गर्न सहज हुनेछ ।’

अझैपनि नदी तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न सक्ने भएकाले खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी नायव उपरीक्षक द्वरिकाप्रसाद घिमिरेले बताए । उनका अनुसार खोजी कार्यमा बाग्लुङ र पोखराले तनहुँ प्रहरीलाई सहयोग गरेको छ ।

तनहुँका ५ जना सम्पर्कबिहिन

यस्तै, रसुवाको भोटेकोशी बाढीमा तनहुँका ५ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहिन भएका व्यक्तिका आफन्तले खोजतलासका लागि सहयोगको अनुरोध गरेको बताएको छ ।

सम्पर्कविहीन भनिएका व्यक्तिहरूमा भानु–१ का सञ्जीव गुरुङ, व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएको बताइएको छ । त्यस्तै भन्सारका कर्मचारी अ‘ाबुखैरेनी–३ का प्रेमप्रसाद सेढाइ, टिमुरे प्रहरी चौकीमा कार्यरत भानु–११, रुपाकोटका विकासबाबु अधिकारी, त्रिशुली हाइड्रोपावरमा कार्यरत भानु–१०, चिसापानीका सुजन नेपाली र अनिल नेपाली सम्पर्कविहिन भएका छन् ।

उनीहरुको अवस्थाबारे सम्बन्धित निकायबाट खोजी तथा बुझ्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

परिवारजन तथा सम्बन्धित सबैलाई आधिकारिक सूचनाबाहेक अपुष्ट समाचारमा विश्वास नगर्न र कुनै जानकारी प्राप्त भए सम्बन्धित सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker