खेलकुद
-
३ आश्विन २०८२, शुक्रबार २२:२०मिर्लुङको ठूलोढुङ्गामा असोज १८ देखि तेहौँ शिद्धबाबा कप–२०८२
तनहुँ । भानु नगरपालिका–१३, मिर्लुङ ठूलोढुङ्गामा तेहौँ शिद्धबाबा कप–२०८२ अन्तर्गत ७ ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ । हिन्दूहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिने यस प्रतियोगिता असोज १८ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज…
पुरा पढ्नुहोस -
११ भाद्र २०८२, बुधबार १२:२७महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बालाई तनहुँमा सम्मान
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा आयोजित एक कार्यक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई सम्मान गरिएको छ । हरितालिका तीज पर्वको अवसरमा मंगलबार उनलाई सम्मान गरिएको हो । महिला फुटबलको विकाससँगै महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै उनलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन…
पुरा पढ्नुहोस -
३ श्रावण २०८२, शनिबार १२:४३आँबुखैरेनीको ऐनापहरामा साहसिक स्काइ वाक व्यावसायिक रुपमा सञ्चालन
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति रु २५० शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण…
पुरा पढ्नुहोस -
३१ असार २०८२, मंगलवार १८:४८प्रदेश खेलकुद परिषद्को सदस्यमा तनहुँकी केशु गुरुङ मनोनित
दमौली : प्रदेश खेलकुद परिषद् सदस्यमा तनहुँ बन्दीपुरकी केशमाया (केशु) गुरुङ मनोनित भएकी छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको असार ३० गतेको निर्णय अनुसार गुरुङ सदस्यमा मनोनित भएकी हुन् । प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२) को खण्ड ऐनको दफा ३ को उपदफा (२) खण्ड…
पुरा पढ्नुहोस -
२१ असार २०८२, शनिबार २१:०५गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई
कास्की : गण्डकी प्रदेशस्तरीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले रु एक लाखसहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता…
पुरा पढ्नुहोस -
१० असार २०८२, मंगलवार १२:१७कबड्डी प्रतियोगिता
गण्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा सञ्चालित अन्तरजिल्ला कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नवलपुर र म्याग्दीका खेलाडीहरु । प्रतियोगितामा प्रदेशभित्रका आठ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता…
पुरा पढ्नुहोस -
१० असार २०८२, मंगलवार १२:१६अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जित्यो
दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा व्यास नगरपालिका–५ मा आयोजित अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जितेको छ । आज भएको फाइनल खेलमा दमौली क्रिकेट क्लवलाई तीन विकेटले पराजित गर्दै पेलिकन्सले उपाधि जितेको हो । वर्षाका कारण दश ओभरमा खेल छोट्याइएको थियो । टस हारेर पहिले…
पुरा पढ्नुहोस -
८ असार २०८२, आईतवार १२:४६बन्दीपुरमा तेश्रो अध्यक्ष कप २०८२ “ब्याडमिन्टन प्रतियोगिता”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप २०८२ ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गाउँपालिका वडा नं ४ स्थित तीनधारा ब्याडमिन्टन कोर्टमा सम्पन्न प्रतियोगितामा बन्दीपुर भित्रका १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । खेलकुद शाखाका संयोजक रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी निकायका कर्मचारी, भूपू…
पुरा पढ्नुहोस -
६ असार २०८२, शुक्रबार २०:२४गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जा च्याम्पियन
कास्की : पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै स्याङ्जाले नगद रु एक लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा…
पुरा पढ्नुहोस -
३ असार २०८२, मंगलवार १२:५९दमौलीमा आजबाट क्लवस्तरीय टी–२० क्रिकेट प्रतियोगिता
दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि क्लव स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । व्यास नगरपालिका–५ पाटन खेलमैदानमा प्रतियोगिता गर्न लागिएको हो । क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको अवस्थामा संघले पहिलो पटक तनहुँ सहित बाहिरी जिल्लाका क्लवको सहभागितामा प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष मदन तिमिल्सिनाले बताए ।…
पुरा पढ्नुहोस