इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् । मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो ।

उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ । उनीभन्दा पछाडि सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।

१८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ को छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker