बन्दीपुरमा आयोजित राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रा माविले उचाल्यो

बन्दीपुर, २७ कार्तिक : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८२ मा पवित्रा माध्यमिक विद्यालय, पिप्लेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा पवित्रा माविले १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित समग्र विजेता बनेको हो । विद्यालयले यस वर्षको रनिङशिल्ड उपाधि पनि उचालेको छ ।

त्यस्तै, भानु माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने मनास्लु बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकका साथ तेस्रो स्थान हासिल गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा भलिबल (छात्र–छात्रा), एथलेटिक्सका विभिन्न दौड प्रतियोगिता (१००, २००, ४००, ८००, १५०० र ३००० मिटर), रिले (४×१०० र ४×४०० मिटर), साथै फिल्ड इभेन्ट्स हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याबलिन थ्रो र सटपुटमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

विजेताहरुलाई गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी, वडा अध्यक्षहरु शिवकुमार श्रेष्ठ, परमेश्वर भट्टराई लगायतले पुरस्कार वितरण गर्नुका साथै शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker