भानुमा अन्तरविद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल खेलमा १५ विद्यालयको सहभागिता

भानु (तनहुँ) । तनहुँको भानु नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता शुक्रबारदेखि भानु–२ गोठेरी खेलमैदानमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले सर्भिस गरी गर्नुभयो।

प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको छ। टिम क्याप्टनहरूको उपस्थितिमा गोला प्रथाबाट तयार गरिएको टाइसिटअनुसार शुक्रबार पहिलो चरणका ६ खेल सम्पन्न भएका छन्।


पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गर्ने विद्यालयहरूमा श्री सरस्वती मन्दिर मावि घलेछाप (भानु–१२), श्री प्रभात मावि सिमपानी (भानु–६), श्री पुर्कोट मावि बसन्तपुर (भानु–७), श्री जनसहयोगी मावि समजुर (भानु–१३), श्री कर्मदा मावि पुर्कोट बाइसजङ्घार (भानु–९), श्री त्रिभुवन मावि मानेचौका (भानु–१२) रहेका छन्।
यसैगरी श्री जनजागृति मावि चोकचिसापानी (भानु–१०) ले बाइ प्राप्त गर्दै सोझै दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रतियोगिताको दोस्रो दिन कार्तिक २९ गते शनिबार बिहान ८:०० बजे पहिलो खेल श्री प्रभात मावि सिमपानी र श्री जनसहयोगी मावि समजुरबीच हुने छ। त्यसपछि दोस्रो खेलमा श्री विद्यानिकुञ्ज मावि बयापानी र श्री मनोहर मावि महन्तेहटिया भिड्नेछन्।

भोलि नै दिउँसो १:०० बजे महिला शिक्षक–कर्मचारीहरूको २०० मिटर दौड प्रतियोगितासमेत सञ्चालन हुने कार्यक्रमछन्।

आयोजकका अनुसार खेलमार्फत शिक्षकबीचको सहकार्य, सौहार्द र स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्ने लक्ष्य रहेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker