तनहुँका पालिकामा खेलकुद उत्सव

दमौली, २८ कात्तिकः जिल्लाका विभिन्न पालिकामा जारीे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन्भने केहीमा खेल हुँदै छन् ।

पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भन्नुभयो, “जिल्लाका सबै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता दमौलीमा आयोजना गर्छौ । पालिकास्तरीय प्रतियोगिताले जिल्लामा खेलकुद उत्सवको वातावरण बनेको छ ।”

बन्दीपुरको उपाधि पवित्रा माविलाई

बन्दीपुर गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयले जितेको छ । टुँडिखेलमा बिहीबार सम्पन्न प्रतियोगितामा २३ पदक सहित पवित्राले उपाधि जितेको हो ।

पवित्रा माध्यमिक विद्यालयले १६ स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेको बन्दीपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीम लामिछानेले जानकारी दिनुभयो।

प्रतियोगितामा भानु माध्यमिक विद्यालय १८ पदक सहित द्वितीय भएको छ । भानुले चार स्वर्ण, पाँच रजत र नौ कास्य जितेको छ । मनास्लु बोर्डिङ स्कूल १४ पदक सहित तृतीय भएको छ । मनास्लुले चार स्वर्ण, पाँच रजत र पाँच पदक जितेको हो ।

भानुको उपाधि होमराजलाई

भानु नगरपालिकाले आयोजना गरेको नगरस्तरीय साताँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि होमराज लोहनी शारदा शिक्षा सदनले जितेको छ । प्रतियोगितामा ११ पदकका साथ होमराजले उपाधि हात पारेको हो । होमराजले पाँच स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ ।

प्रतियोगितामा जयबुद्ध माध्यमिक विद्यालय द्वितीय भएको छ । जयबुद्धले तीन स्वर्ण, पाँच रजत र एक कास्य पदक जितेको छ । राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुँदा उसले तीन स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

यसैबीच,व्यास नगरपालिकाको आयोजना र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय रनिङशिल्ड आगामी सोमबार मङ्गलबार १ र २ गते निर्मल माध्यमिक विद्यालयको मैदानमा हुने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker