व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरबासिले उठाएका जिज्ञासालाई नगरप्रमुख बैकुण्ठ न्यौपान, प्रमुख प्रशाकीय अधिकृत डिल्लीराम सिग्देल तथा विषयगत शाखा प्रमुखहरुले सहजिकरण गरेका थिए ।
कार्यक्रमा सहभागिहरुले भौतिक योजना, आन्तरिक सुशासन, स्थानीय सरकार क्षतिपूर्ति, खोला नालाको अवस्था, सार्वजनिक सम्पत्तिको अवस्था लगायतका विषयमा नगरपालिका प्रति जिज्ञासा र गुनासाहरु राखेका थिए ।
नगरबासिले उठाएका जिज्ञासा र गुनासोका विषयमा शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आन्तरिक लेखा परीक्षक शाखा प्रमुख कुमारकञ्चन जिसी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पुर्वाधार तथा प्रविधिक शाखा प्रमुख डा. राजु पौडेल, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती, वडा नं. १, १२, १३ र १४ का वडाअध्यक्षहरूले सहजिकरण गरेका थिए ।
व्यास नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १०दफा ७८ (५) वमोजिम पारदर्शिता तथा आन्तरिक सुशासनको मर्मलाई व्यवहारिक कार्यन्वयन गर्ने लक्ष्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।
महिला सशक्तीकरण सञ्चार समाज तनहुँको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष प्रकृति खनालले सहजिकरण गरेकी थिइन् । वडा नं. १, १२, १३ र १४ नम्बर वडाका नागरिकहरूलाई लक्षित गरी छाब्दीवाराही मन्दिर परिसर र्सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।










