मन्त्री न्यौपानेलाई म्याग्दे गाउँपालिकाद्वारा बधाई

दमाैली : म्याग्दे गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार गएको टोलीले सामान्य प्रशासन मन्त्रालयमा मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

उक्त अवसरमा मन्त्री न्यौपाने समक्ष म्याग्दे गाउँपालिकाको टोलीले कार्यसम्पादनको क्रममा कर्मचारीको अभाव, विभिन्न ऐनको कारण काममा अप्ठ्यारो परेको सम्बन्धी गुनसो तथा संघीय निजामती ऐनको बारेमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा मन्त्री न्यौपानेले म्याग्दे गाउँपालिकाको समग्र विकासकोलागि गाउँपालिकासँग सहकार्य गरेर काम गर्ने बताइन् ।

उक्त भेटमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे र थर्पु आधारभुत अस्पतालकी जनस्वास्थ्य निरिक्षक सक्षम घिमिरेको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker