दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई राहत रकम

शिक्षक कल्याणकारी कोष तनहुँले दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई उपलब्ध गराएको राहत रकमको चेक हस्तान्तरण गर्दै जिल्ला समन्वय प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्तिरमण वाग्ले । कोषले उपचाररत शिक्षकहरुको शीघै स्वास्थ्य लाभको कामना गर्दै दिवंगत शिक्षक तथा कर्मचारीका परिवारलाई आइतबार ३ लाख ९२ हजार रुपैयाँ बराबरको राहत रकम वितरण गरेको छ । जिल्ला शिक्षा समन्वय कार्यालयका अधिकृत विश्व रेग्मी, नेपाल शिक्षक संघका अध्यक्ष कमल भक्त पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका रामभक्त रानाभाट, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र पौडेल र अखिल नेपाल शिक्षक संगठनका सूर्य कुमार घिमिरे, नेपाल शिक्षक संघ म्याग्देका अध्यक्ष अशोकचन्द्र वाग्ले, शुक्र आधारभूत विद्यालयका प्रधानाध्यापक बन्धुराज पौलेल, महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो । कोषले हालसम्म उपचार खर्च तथा किरिया खर्च गरी १२ लाख ६२ हजार रुपैयाँ वितरण गरेको बताइएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker