विकास निर्माणको मुल्याङ्कन गर्ने समय आयो : एमाले उम्मेदवार गुरुङ

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो पार्टीको नेतृत्वले गर्दा भएका विकास निर्माण कार्यको जनताले मुल्याङ्कन गर्ने समय आएको बताएका छन् ।

शुक्लागण्डकीका विभिन्न क्षेत्रमा आइतबार भएका मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सडक, खानेपानी र विद्युत लगायतका क्षेत्रको सबै स्थानमा समान ढंगले विकास गर्ने नीति सरकारले ल्याएको उनले बताए ।

‘एक घर एक धाराको शुरुवात गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा हामीले शुरुवात गर्‍यौं’, उनले भने, ‘यसअघि शहरमा मात्र घरघरमा धारा थिए । अहिले ग्रामीण भेगमा पनि खानेपानीका धारा बन्ने क्रम चलिरहेको छ । यसले शहर र गाउँलाई हेर्ने दृष्टिकोण एउटै भएको छ ।’

उनले बितेका समयमा विकासको लहर शुरुवात गर्ने समयको मुल्याङ्कन आगामी मंसिर ४ भएको उल्लेख गरे । गण्डकीमा करिव साढे तीन वर्ष पृथ्वी सुब्बा मुख्यमन्त्री हुँदा किरण अर्थ मन्त्री थिए । विपक्षीले यस क्षेत्रमा जितेर गएका व्यक्तिले केही काम गरेन भनेर हल्ला फिजाउने गरेको बताउँदै उनले विगतको पाँच वर्षाई मुल्याङ्कन गरी मतदान गर्न अपिल गरे ।

स्थानीयले दुलेगौंडा-हर्कपुर मोटरमार्ग निर्माणबारे उम्मेदवार गुरुङको ध्यानाकर्षण गराएका थिए । उम्मेदवार गुरुङले आफूनै अर्थमन्त्री हुँदा परेको यस सडक निर्माण व्यवसायी र विभिन्न कारणले सम्पन्न हुन नसकेको बताउँदै सम्पन्न गराउन आफ्नो पहल रहने बताए ।

यस्तै, तनहुँ २ प्रेदश १ का उम्मेदवार श्यामराजा महतले शुक्लागण्डकी क्षेत्रको क्रमिक रुपमा विकास हुँदै गएको बताउँदै निर्माणाधिन र अब गर्नुपर्ने काम आफूले गर्ने बताए । उनले योजनाकासाथ निर्वाचनमा होमिएको बताउँदै गर्न सकिने काममात्र मतदातालाई भन्ने गरेको प्रष्ट पारे । ‘कतिपयले तपाईलाई ठूला आश्वासन दिन आउँलान । उनीहरुप्रति सचेत हुनुहोला’, उनले भने, ‘म गर्न सकिने काम मात्र तपाईको बीचमा लिएर आएको छु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker