शुक्लागण्डकीका महिलालाई हाते झोला बनाउने तालिम

राजकुमार आले (दुलेगौंडा)

उद्यमी बनाउन महिलाहरुलाई हाते झोला बनाउने तालिम दिइएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नं. ५ ले १ लाख ५० हजार खर्च गरेर एक हप्ते तालिम दिएको हो । महिलाहरुलाई थप सीपयुक्त बनाई व्यवसायिक बनाउन यसअघि तीन महिने सिलाई कटिङ्ग तालिम लिएका २४ जना महिलाहरुलाई तालिम दिइएको हो ।

एक हप्ते तालिम समापन गर्दै वडाध्यक्ष दीर्घबहादुर थापाले यो तालिम पर्याप्त नभए पनि इच्छा शक्ति भएमा छोटो अवधिमा पनि धेरै कुरा सिक्न सकिने बताएका थिए । उनले तालिममा सहभागीहरुलाई सिकेको सीपलाई निखार्दै बजारसंग प्रतिष्पर्धा गर्नसक्ने हुने गरी अगाडी बढ्न् सुझाव दिए । केही गर्न खोज्नेहरुका लागि वडा संधै साथमा रहने प्रतिवद्धता समेत जनाए ।

तालिम लिएकामध्ये केहीले व्यवसायिक शुरुवात पनि गरेको भन्दै वडा अध्यक्ष थापाले उत्पादन गरेको बस्तु विक्री भएन भन्ने गुनासो आउने गरेको र अहिलेको बजार निकै प्रतिष्पर्धात्मक भएकाले गुणस्तरीय बस्तु, सस्तोमा पाए ग्राहकको आकर्षण बढ्ने हो, यस तर्फ व्यवसायिहरु सचेत बन्नुपर्ने बताए ।

वडास्तरीय महिला सञ्जालकी अध्यक्ष मंगला रानाले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन विभिन्न तालिमहरु संचालन गरिएको बताइन् । उनले तालिम पश्चात सिकेको सीपको सदुपयोग गरे नगरेको निरन्तर अनुगमन गर्ने र घच्घच्याई रहने गरिएको बताइन् ।

उनले भनिन् ‘तालिमपछि प्राप्त गरिने प्रमाणपत्र भन्दा सिकेको सीप ठुलो हो । सीप मर्न नदिउ, प्रमाणपत्र पाए भनेर थपक्क नबस्नुस्, सीपलाई निरन्तरता दिनुस्, हामीले निरन्तर निगरानी पनि गर्ने छौ । तालिम दिइसकेपछि सहभागिहरुसंग वडाको समन्वय नहुँदा सिकेका ज्ञान सिप त्यसै सेलाएर जाने गरेको छ ।’

तालिममा सहभागी भुरुङ्गेकी निर्मला श्रेष्ठले विभिन्न डिजाइनका झोलाहरु बनाउन सिकेको बताइन् । सपिङ ब्याग, मोबाइल पर्स, छाता लगायत सामान राखेर हिड्न मिल्ने हाते झोला र विवाह पार्टीमा जाँदा सारी तथा लेहेङ्गासंग मिल्ने झुम्के थैली बनाउन तालिमले महत्वपूर्ण सहयोग गरेकोमा खुसी व्यक्त गरिन ।

मस्दिज चोककी खालिदा खातुनले तालिम अवधि छोटो भएको गुनासो गरिन् । उनले आगामी दिनमा अझै सीप तथा क्षमता वृद्धि गर्ने किसिमको तालिम संचालन गरिदिन वडाध्यक्षसंग आग्रह गरिन् ।

उक्त तालिममा भुजेल सिलाई कटाइ उद्योगकी सञ्चालिका एवं महिला उद्यमी निरु भुजेलले प्रशिक्षण दिएकी थिइन् । सञ्जालकी अध्यक्ष रानाको सभापतित्वमा आयोजित समापन कार्यक्रममा पोख्रेघारी टोल विकास संस्थाका अध्यक्ष कमला भुजेल, मिलन मार्ग टोल विकास संस्थाको अध्यक्ष महदत्त पोख्रेल, संस्थाकी सदस्य आरती सुवेदी, प्रशिक्षार्थी विष्णु माया वि.क लगायतले तालिम र तालिमको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker