क्षेत्रीय होटल संघ तनहुँको अध्यक्षमा कायस्थ चयन

दमौली : क्षेत्रीय होटल संघ तनहुँको १७औं वार्षिक साधारणसभा तथा १०औ अधिवेशनले चन्द्रकुमार कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको विहीबार सम्पन्न अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा बिकास खनाल, प्रथम उपाध्यक्षमा बिपीन प्रधान, द्धितीय उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा सीता पहारी, कोषाध्यक्षमा संगीता प्रधान र सदस्यहरुमा सुरज गुरूङ, ईश्वर प्रसाद लामिछाने र सुनिल खड्का चयन भएका बताइएको छ ।
संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, कानुनी सल्लाहकार कमलामोहन वाग्ले, सल्लाहकार महेन्द्र मोहन भट्टराई, द्धितीय उपाध्यक्ष विपीन प्रधान, आँबुखैरेनी बजार इकाईका सभापति कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति बालकृष्ण आले, डुम्रे बजार इकाईका सभापति सन्तोष थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका महासचिव रामचन्द्र खड्काले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विज्ञान कैनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।