जलेर ध्वस्त भएको तनहुँ अदालतले आइतबारबाट सेवा प्रवाह गर्दै

दमौली : जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजानी गर्दा जलेर ध्वस्त भएको तनहुँ जिल्ला अदालतले आइतबारदेखि सेवा प्रवाह सुचारु गर्ने भएको छ ।

गत २३ र २४ गते भएको जेनजीको आन्दोलन र त्यसपश्चात् अदालतमा आगलागी र तोडफोड हुँदा सेवा प्रवाह बन्द हुन पुगेको थियो ।

अदालतले शुक्रबार एक सूचना जारी गर्दै दुवै पक्ष उपस्थित भइ मिलापत्र हुने फिरादपत्र दर्ता गरी मिलापत्र गर्ने, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, म्याद थप, अभियोगपत्र दर्ता गरी थुनछेक तथा सुनुवाइ गर्ने, बन्दीप्रत्यक्षीकरण, अन्तरिम आदेशसहितको निषेधाज्ञाको निवेदन दर्ता गरी सुनुवाइ गर्ने र दर्ताद्वारा विवाह, अधिकृत वारेनसनामा दर्ता गरी प्रमाणिकरण गर्ने कार्य सञ्चालन गरिने भएको छ ।

जारी सूचनामा देशको हालको विषम परिस्थितिका कारण निषेधाज्ञा तथा कफ्र्युको आदेश तनहुँ जिल्लामा पनि जारी भएकाले आवतजावतमा असहजता भएबाट मुद्दाका पक्ष तोकिएको म्याद तारेखमा उपस्थित हुन नसक्ने विद्यामानता रहेको र निषेधाज्ञा कफ्र्यु हटी यातायातमा सहज भइ अदालतको कामकारवाही सुचारु भएपश्चात् उल्लेखित परिस्थितिले अदालतमा उपस्थित हुन नसकी म्याद तारेख गुज्रन गएको कारण म्याद तारेक थामी पाउँ भनी निवेदन लिई अदालतमा उपस्थित भएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम गुज्रिएको म्याद तारेख थाम्न सकिने उल्लेख गरिएको छ ।

उल्लेखित अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको हकमा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासबाट मिति २०७७ जेठ १५ मा भएको आदेश समेत बमोजिम उल्लेखित निषेधाज्ञा र कफ्र्यु हटी आवतजावतको अवस्था सहज भइ अदालतको कामकारवाही सुचारु भएको मितिले बाटाका म्यादबाहेक ३० दिनभित्र अदालतमा उपस्थित भएमा हदम्याद नगुज्रने अदालतले जनाएको छ ।

तोडफोड र आगलागिका कारण अदालतको मुद्दा दर्ता फाँट लगायतका संरचना र कागजातहरुमा ठूलो क्षति पुगेको अदालतले जनाएको छ । प्रदर्शनकारीहरुले अदालतको एक गाडी ट्राफिचोकमा लगेर जलाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker