दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले उक्त अवधिमा रु चार अर्ब एक करोड ५१ लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा रु २३ करोड ५१ लाख ५७ हजार बढी सङ्कलन भएको कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनामा लक्ष्यको एक सय पाँच प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार अन्तःशुल्कतर्फ रु दुई अर्ब ७९ करोड ९९ लाख, स्वास्थ्य सेवातर्फ रु ८९ करोड ६८ लाख २० हजार, आयकरतर्फ रु ३२ करोड १३ लाख ४३ हजार, भ्याटतर्फ रु १९ करोड ७२ लाख ८० हजार, व्याजकरतर्फ रु दुई करोड ७७ लाख ९३ हजार, घरबहाल करतर्फ रु ७१ लाख १६ हजार र शिक्षा सेवा शुल्कतर्फ रु पाँच हजार सङ्कलन भएको छ ।

गत आव २०७७÷७८ को छ महिनामा कार्यालयले रु तीन तीन अर्ब ५५ करोड ५२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा चालू आवको छ महिनामा रु ६९ करोड पाँच लाख आठ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । पुस महिनामा मात्रै कार्यालयले रु एक अर्र्ब नौ करोड ४७ लाख चार हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २७ करोड ५३ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखा परीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्नसक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रम, करदातासँग अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सको सहकार्यमा त्यो काम हुँदै आएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker