महिलाहरुलाई कानुनी साक्षरता तालिम

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी-९, शितलबस्तीका महिलाहरुलाई कानुनी साक्षरता सम्बन्धी तालिम दिइएको छ । शितलबस्ती आमा समुहको आयोजना तथा रोटरी क्लब अफ पोखरा मिड टाउनको आर्थिक सहयोगमा तालिम दिइएको हो ।

तालिमको समापन गर्दै जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले महिलाहरु अब कुनै पनि बाहनामा पछाडी पर्नु पर्ने अवस्था नरहेको बताइन् । अब उद्यमशील बन्नतर्फमहिलाहरु अग्रसर हुनु पर्ने सुझाइन ।

शुक्लागण्डकी-८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले महिला सशक्तीकरण आजको आवश्यकता रहेको बताए । उनले कानुनका विषयमा सबै जानकार हुनुपर्ने बताउँदै न्याय, अन्याय र दण्ड सजायबारे जानेमात्रै पनि समाजमा सुशासन कायम गर्न मद्दत पुग्ने बताएका थिए । उनले व्यक्तिहरु मेहनत र परिश्रमले गर्दा सफल भएको भन्दै सफलता हाँसिल गर्न आफु लगनशील हुनुपर्नेमा जोड दिए ।

त्यस्तै वडा नं ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले महिलाहरु अब कुनै पनि अवस्थामा पछि पर्न नहुने बताउँदै आयआर्जनको बाटोमा लाग्नुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले कानुनको पालनकर्ता हामी सबै रहेको हुँदा प्रहरीलाई सहयोग गर्न अनुरोध गरे ।

समुहकी अध्यक्ष पार्वती रानामगर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश वि.क, अपांगता अधिकारकर्मी दामोदर रेग्मी, समुहकी सचिव सुविना भुजेल लगायतले पछाडि पारिएका वर्गहरुको सशक्तीकरणको लागि राज्यले जिम्मा लिनु पर्ने भन्दै समाजमा कानुनबारे सुसूचित गराउन बेलाबखतमा यस किसिमको कार्यक्रमहरु हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिवक्ता विष्णु खनाल, शिव रेग्मी, रच्चु आले र मिलन आलेले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker