महासमिति निर्वाचनका लागि कांग्रेस तनहुँद्वारा कार्यतालिका सार्वजनिक
भञ्ज्याङ समाचारदाता/दमौली
रिक्त रहेको महासमिति सदस्य चयनका लागि नेपाली कांग्रेस तनहुँले कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस तनहुँको निर्वाचन समितिले मंसिर ३ गतेका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार मंसिर ३ गते मनोनयन दाखिलाको कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म मनोनयन दाखिला गर्न सकिने निर्वाचन संयोजक फणिन्द्र कोइरालाले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ महाधिवेशन प्रतिनिधि र क्षेत्र नम्बर २ मा दुइ महाधिवेशन प्रतिनिधि र सोही संख्यामा महासमिति सदस्य चयन गरिने भएको छ ।