व्यास नगरपालिकाको नगरसभामा छ विधेयक पेश गरिदै

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाले ३८औं नगरसभामा छ वटा विधेयक पेश गर्ने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले पुस २८ र २९ गते आयोजना हुने नगरसभामा छ वटा विधेयक पेश गर्ने निर्णय गरेको हो ।

उक्त नगरसभामा पेश गर्नका लागि विभिन्न विधेयकहरु सम्बन्धित विषय समितिले विद्यायन समिति मार्फत पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

नगरसभामा व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७९, व्यास नगरपालिका वन विधेयक, २०७९, व्यास नगरपालिका योजना आयोग (गठन तथा सञ्चालन) विधेयक, २०७९, व्यास नगरपालिका संघ संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०७९, व्यास नगरपालिका वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण विधेयक, २०७९ र व्यास नगरपालिका स्वास्थ्य विधेयक, २०७९ पेश गरिने भएको छ ।

यस्तै, बैठकले नगरपालिकाको सरसफाई एवं आधुनिक कृषि व्यवस्थापन केन्द्र स्थापनाका लागि वडा नं १३ स्थित श्री युगिन कृषि र्फम प्रा.ली.को नाउँमा रहेको करिब ४० रोपनि जग्गा प्रस्ताव आएकाले स्थानीयहरुसंग छलफल एवं समन्वय गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker