तनहुँको शुक्लागण्डकीमा पत्रकार मञ्च गठन

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुले शुक्लागण्डकी पत्रकार मञ्च गठन गरेका छन् । विश्व रेडियो दिवसमा अवसरमा यहाँका पत्रकारुको भेलाले यस क्षेत्रका सञ्चार माध्याममा आवद्ध पत्रकारहरुलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् ।

भेला मार्फत शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायको संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ । दुलेगौडामा सम्पन्न भएको भेलाले समितिका सह संयोजकमा ममता गुरुङ्ग रहेन गरी नौ सदस्यीय समिति गठन गरेको छ ।

समितीको सदस्यहरुमा राजकुमार आले, अस्मिता खनाल, विनोद ढुंगाना, अशोक विश्वकर्मा, सनिता कार्की, हरि खरेल, करिस्मा विश्वकर्मालाई चयन गरेको छ ।

यस क्षेत्रमा रहेको पत्रकारहरुको एकता र पत्रकारिता क्षेत्रका विकास गर्नका लागि मञ्च सक्रिय रहने संयोजक राजन उपाध्यायले बताए । उपाध्यायले पत्रकारिताका क्षेत्रबाट स्थानीय सरकार र सञ्चार माध्यामको समन्वयलाई प्रभावकारि बनाउन प्रयास गर्ने बताए । यहाँका पाँच सञ्चारगृहमा कार्यरत पत्रकार र देशका प्रमुख सञ्चार माध्यममा आवद्ध भएका २२ जना पत्रकार रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker