ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ऋषिङको सेटाङमा घरबास

भञ्ज्याङ समाचारदाता (ऋषिङ)

तनहुँको ऋषिङ्ग गाउँपालिका-१ सेटाङमा घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन उद्देश्यले सञ्चालनमा ल्याइएको होमस्टेको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरी शुभारम्भ गरेका छन् ।

सामूदायिक सेटाङ होमस्टे नामबाट सञ्चालित होमस्टेलाई ऋषिङको पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले बताएका छन् । ‘ऋषिङमा नै पहिलो सामुदायिक रूपमा होमस्टे सञ्चालनमा ल्याइएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकामा आउने अतिथिहरुलाई अब होमस्टेले स्वागत सत्कारका साथै आफ्नै स्थानीय स्तरमा उत्पादित खानाका परिकार पस्कन ध्यान दिनुपर्छ ।’

होमस्टे शुभारम्भका अवसरमा होमस्टेमा आएका पाहुनालाई स्थानीयले फूलमाला सहित स्वागत गरेका थिए । कार्यक्रममा आगन्तुक पाहुनालाई स्थानीय स्तरमा नै उपलब्ध अर्गानिक मासका परिकार, गुन्द्रुक, मकै तथा कोदोको विभिन्न परिकार तथा अन्य स्थानीय स्तरमा उपलब्ध फलफूलहरुले स्वागत गरिएको होमस्टे सञ्चालक तारण आलेले बताए ।

यस्तै उक्त अवसरमा स्थानीयहरुले विभिन्न सांस्कृतिक कौराह, ठाडो भाका, झयाउरे तथा विभिन्न झाकीहरु समेत प्रस्तुत गरिएको थियो । सेटाङका २० घरमा पाहुनालाई स्वागत गर्न सक्ने गरी होमस्टे सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको समेत आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको होमस्टे मार्फत १०० भन्दा बढी घरमा एकै पटक आगन्तुक पाहुनालाई राख्न सक्ने गरी तयारी गरिएको सञ्चालकहरुले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker