तनहुँ–१ एमाले उम्मेदवार न्यौपानेको चुनावी प्रतिवद्धतामा के–के समेटिए ?

संविधानको पूर्ण कार्यान्वयनदेखि पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनसम्मका एजेन्डामा के–के छन् ?

तनहुँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेकी उम्मदेवार भगवती न्यौपानले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेकी छन् ।
 चुनावी प्रतिबद्धतापत्रमार्फत न्यौपानेले संघीय, प्रादेशिक र स्थानीय तहबीच प्रभावकारी समन्वय, कानूनी शासनको सुनिश्चितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्ने उल्लेख गरेकी छन् । राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई संस्थागत गर्ने प्रतिवद्धता उनको छ ।
सर्वाजनिक प्रतिवद्धतामा पूर्वाधार विकासतर्फ अन्तरपालिका जोड्ने सडक सञ्जालको स्तरोन्नति, बर्खायाममा पनि सवारी चल्न सक्ने गरी ग्रामीण सडक निर्माण तथा मर्मत, सुरक्षित पक्की पुल निर्माण र आपतकालीन पहुँच सुनिश्चित गर्ने संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। जलविद्युत तथा सिँचाइ आयोजनासँग समन्वय गर्दै बस्ती संरक्षण र उत्पादन–बजार पहुँच सहज बनाइने योजना सार्वजनिक गरिएको छ ।
कृषि क्षेत्रमा न्यूनतम समर्थन मूल्य लागू गर्ने, कृषि उपज संकलन केन्द्र तथा आधुनिक चिस्यान भण्डारण स्थापना गर्ने, सहुलियत ऋण र अनुदानमार्फत महिला र युवालाई कृषि व्यवसायमा आकर्षित गर्ने तथा पाँच वर्षभित्र किसानलाई स्थिर आम्दानी सुनिश्चित गर्ने लक्ष्य प्रतिवद्धतामा समावेश गरिएको छ ।
यस्तै, रोजगारीतर्फ स्थानीयस्तरमै सीपमा आधारित रोजगारी सिर्जना, प्राविधिक तथा व्यावसायिक तालिम, स्टार्टअप र साना उद्यम प्रवद्र्धन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापना तथा निजी र सहकारी क्षेत्रसँग साझेदारीमा उद्योग स्थापना गर्ने योजना उल्लेख गरिएको छ। महिला, दलित, आदिवासी तथा विपन्न युवाका लागि विशेष रोजगारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक विद्यालय सुदृढीकरण, डिजिटल कक्षा सञ्चालन, प्राविधिक शिक्षालय स्थापना, छात्रवृत्ति तथा प्रतिभा पहिचान कार्यक्रम विस्तार गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा सहितको सुविधासम्पन्न अस्पताल निर्माण, स्वास्थ्य चौकी सुदृढीकरण, टेलिमेडिसिन सेवा विस्तार, निःशुल्क औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र ग्रामीण क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ ।
यस्तै, पर्यटन प्रवर्द्धनअन्तर्गत बन्दीपुर, देवघाट लगायतका क्षेत्र समेटेर पर्यटन सर्किट विकास, होमस्टे प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र दिगो पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।
उम्मेदवार न्यौपानेले सुशासन, पारदर्शिता र जनप्रतिनिधिको प्रत्यक्ष जवाफदेहितालाई संस्थागत गर्दै पाँच वर्षभित्र नागरिकले अनुभूति गर्ने परिवर्तन ल्याइने दाबी गरेकी छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत दिन मतदातासँग आग्रह गर्दै उनले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा साकार पार्न तनहुँ क्षेत्र नं. १ बाट बलियो जनमत आवश्यक रहेको बताएकी छन् ।

क्षेत्रगत प्रतिवद्धताहरु :

पूर्वाधार विकास, कृषि, सिँचाइ र ग्रामीण अर्थतन्त्र :

¨ अन्तरपालिका जोड्ने प्रमुख सडक सञ्जालको स्तरोन्नति,
¨ सुरक्षित र दिगो पक्कि पुलमार्फत प्रत्येक गाउँ–सहरलाई जोड्ने योजना,
¨ निर्वाचन क्षेत्र भित्रका सम्पूर्ण ग्रामिण बस्तिहरुमा बार्दै महिना सवारी चल्न सक्ने गरी सडक संरचना निर्माण तथा विद्यमान सडकहरुको मर्मत, सुधार गर्दै पक्की संरचना निर्माणमा पहल,
¨ आपतकालीन पहुँच सुनिश्चित गर्ने ब्रिज तथा सडक संरचना निर्माण
¨जलविद्युत र सिँचाइ योजनाहरुमा समन्वय गर्दै सडकपूर्वाधार विकास, बस्ति संरक्षणमा पहल,
¨ ग्रामीण र कृषि सडक विस्तार, उत्पादन र बजार पहुँच सहज बनाउने।
¨ डिजिटल पूर्वाधारसँग समन्वय गरी स्मार्ट सडक तथा स्मार्ट सिटिको निर्माण योजना,
¨ किसानको आय बढाउने र कृषि आधुनिकीकरणमा जोड,
¨ गाउँमा आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माण,
¨नदी, खोल्सा र मुहानमा आधारित स्थायी सिँचाइ भुमिगत सिंचाई आयोजना निर्माण,
¨ खाद्यन्नबालि, फलफुल खेती, मौरीपालन तथा पशुपन्छी पालनका लागि विशेष कार्यक्रम,
¨ न्यूनतम समर्थन मूल्य लागू गरी सहकारी र बजार व्यवस्थापन,
¨ कृषि उपज संकलन केन्द्र र आधुनिक चिस्यान भण्डारण केन्द्र स्थापना,
¨ गाउँ–सहर जोड्ने कृषि सडक विस्तार,
¨ कृषि व्यवसायमा संलग्न महिला र युवालाई सहुलियत ऋण र अनुदानमा पहल,
¨ प्राविधिक तालिम र नवप्रवर्तन प्रवर्द्धनका कार्यक्रममा जोड,

अपेक्षित परिणाम :

¨ पाँच वर्षभित्र किसानले आफ्नो उत्पादनको उचित मूल्य र स्थिर आम्दानी प्राप्त गर्नेछन्
¨ रोजगारी, युवा र उद्यमशीलता विकास,
¨ स्थानीयस्तरमा सिपमा आधारित रोजगारी सुनिश्चित कार्यक्रममा जोड,
¨ युवाका लागि सीपमूलक तालिम र व्यावसायिक प्रशिक्षण,
¨ कृषि, पर्यटन, निर्माण र सेवाक्षेत्रमा स्थानीय श्रमलाई प्राथमिकता,
¨ वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापना र रोजगारी,
¨ स्टार्टअप, नवप्रवर्तन र साना उद्यमका लागि सामुहिक युवा उद्यम कार्यक्रम संचालन,
¨ युवालाई आफ्नै क्षेत्रमा व्यवसाय र भविष्यको अवसर सिर्जना,
¨ रोजगार सिर्जना गर्न निजी र सहकारी क्षेत्रहरुसंग साझेदारी तथा उद्योग स्थापनामा प्रोत्साहन,
¨ महिला, दलित, आदिवासी तथा विपन्न युवाका लागि विशेष रोजगारी कार्यक्रम,
¨ डिजिटल, सूचना–प्रविधि र नवप्रवर्तनमूलक काममा अवसर विस्तार,

महिला सशक्तिकरण र सामाजिक न्याय :

¨ महिला, पुरुष दुवैलाई समान अवसर, सम्मान र सहभागिता सुनिश्चित,
¨ महिलाको आर्थिक सशक्तिकरणका लागि सहकारी, उद्यम र सीप विकास,
¨ हिंसा पीडित, एकल र विपन्न महिलालाई सुरक्षा र पुनःस्थापना कार्यक्रम संचालन,
¨ नीति र निर्णय तहमा महिलाको अर्थपूर्ण सहभागिता,
¨ दलित, जनजाति, अपाङ्गता भएका नागरिक र पिछडिएका समुदायको समावेशी पहुँच,
¨ रोजगारीका विभिन्न क्षेत्रहरुमा महिला, बालबालिकाको विशेष संरक्षण,
¨ लैङ्गिक समानता, सामाजिक न्याय प्रवर्द्धन र नेतृत्व क्षमता विकासमा प्राथमिकता,
¨ स्थानीय तहमा महिला उद्यम, स्वरोजगार र वित्तीय पहुँचलाई प्रोत्साहन,

शिक्षा र स्वास्थ्य :

¨ सामुदायिक विद्यालयको सुदृढीकरण र गुणस्तर सुधार,
¨ प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार र प्राविधिक शिक्षालय स्थापनामा पहल,
¨ सामुदायिक विद्यालयमा डिजिटल कक्षा र शिक्षक क्षमता विकास,
¨ विद्यालयस्तरमा छात्रवृत्ति तथा प्रतिभा पहिचान कार्यक्रम संचालन,
¨ आधुनिक शिक्षण सामग्री र प्रविधिमा पहुँच सुनिश्चित,
¨ विद्यालय पूर्वाधार र खेलकुद सुविधामा सुधार,
¨ बालबालिका र युवामा नवप्रवर्तनात्मक शिक्षा प्रवर्द्धन,
¨ स्थानीय भाषामा गुणस्तरीय शिक्षा सुनिश्चितमा पहल,
¨ महिला र पिछडिएका समुदायका लागि विशेष कार्यक्रमहरु संचालन
¨ निर्वाचन क्षेत्र भित्रका नगर अस्पतालहरुको सुदृढीकरण,
¨ निर्वाचन क्षेत्र भित्रका नागरिकहरुलाई पायक पर्ने स्थानमा एउटा विशेषज्ञ सेवा सहितको
¨ सुविधा सम्पन्न अस्पताल निर्माणमा पहल,
¨ स्वास्थ्य चौकीहरुको विस्तार र गुणस्तरीय सेवा सुनिश्चित,
¨ विशेषज्ञ सेवा र टेलिमेडिसिनको पहुँच,
¨ मातृ, बालबालिका र जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रमहरुको विस्तार,
¨ निःशुल्क औषधि र स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि पहल,
¨ आकस्मिक स्वास्थ्य सेवा र आपतकालीन राहत कार्यक्रमहरु संचालन,
¨ स्थानीय स्वास्थ्यकर्मी प्रशिक्षण र क्षमता विकास कार्यक्रम संचालन,
¨ ग्रामीण क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा र पहुँच सुनिश्चित,

धर्म, संस्कृति र सामाजिक सद्भाव :

¨ स्थानीय धार्मिक स्थलहरुको संरक्षण र पूर्वाधार विकासमा जोड,
¨ मेला, पर्व र जात्राको व्यवस्थित प्रवद्र्धन,
¨ धार्मिक पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना,
¨ सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान,
¨ सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय कला प्रवर्द्धन,
¨ ऐतिहासिक स्थल र सम्पदाको दिगो व्यवस्थापनमा जोड,
¨ सामाजिक सद्भाव, सहिष्णुता प्रवर्द्धन तथा स्थानीय भाषा, कला, नृत्य र परम्परा संरक्षण,

पर्यटन विकास :

¨ छाब्दी बराह–थानिमाई–बन्दीपुर–छिम्केश्वरी–देवघाट पर्यटन सर्किट विकास,
¨ पर्यटकिय स्थानहरुमा होमस्टे तथा होटलहरुको प्रवर्द्धन
¨ पर्यटनसँग जोडिएका युवालाई तालिम र क्षमता विकास,
¨ नवप्रवर्तन र साना पर्यटन व्यवसायका लागि सहुलियत ऋण र प्रवद्र्धन,
¨ स्थानीय कला, संस्कृति र खानाको ब्रान्डिङ कार्यक्रम संचालन,
¨ ऐतिहासिक र प्राकृतिक स्थलको संरक्षण, पूर्वाधार विकास र आकर्षण वृद्धि,
¨ सुरक्षित, दिगो र वातावरणमैत्री पर्यटन,
¨ ग्रामीण पर्यटन मार्फत समुदायको आर्थिक सशक्तिकरण,
¨ सूचना–प्रविधि प्रयोग गरी पर्यटकिय सेवा र पहुँचमा सुधार,

सुशासन, जवाफदेहिता :

¨ भ्रष्टाचारप्रति शून्य सहनशीलता,
¨ सेवा प्रवाहमा पारदर्शिता, सरलता र समयसीमा सुनिश्चित,
¨ जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद र प्रत्यक्ष जवाफदेहिता,
¨ पाँच वर्षभित्र संबैले अनुभूति गर्ने परिवर्तन सुनिश्चित,
¨ सुशासन, नियम र कानुनको सम्मान गर्दै संविधानको संरक्षण र पूर्ण कार्यान्वयन,
¨ सार्वभौमसत्ता र स्वाधीनता सुरक्षित, लोकतन्त्र र नागरिक अधिकारको प्रवर्द्धन,
¨ काँधमा काँध मिलाएर समृद्ध नेपाल, सुखी नेपालीको साझा सपना साकार ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker