स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीलाई प्रबल जनसेवाश्री

भञ्ज्याङ समाचारदाता (दमौली)

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई विभूषित गरिएको सम्मानपत्रमा उल्लेख छ । खासगरी कोभिड संक्रमणको जोखिमका क्रममा उनले गरेको कार्यसम्पादनका आधारमा गण्डकी प्रदेशबाट विभूषित हुनेमा उनी मात्र स्वास्थ्य कर्मचारी हुन् ।

उनलाई राजधानीमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट विभूषित गरिन् । अधिकारीले पाउने पदक यस अघि नै घोषणा गरिएको थियो । सम्मानबाट आफूलाई निष्ठापूर्वक काम गर्न प्रेरणा मिलेको अधिकारीले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker