बजेटमा कसले पाए के ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको बजेटले क–कसलाई प्राथिमिकता दिएको छ ?

कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटमा किसान, साना उद्यमी र स्टार्टपलाई सरकारले प्राथमिकता दिएको छ ।

विद्यार्थी र युवाको रोजगार लक्षित देखिएको बजेटमा कर्मचारी, खेलाडी र अन्य पेसाकर्मीलाई पनि बजेटले समेटेको देखिँदैन ।

बालबालिका

बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने छ ।

वृद्धवृद्धा

हाम्रा बाआमा, हाम्रो जिम्मेवारी अभियान सञ्‍चालन गरिने छ । स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने छ । सात प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिने छ ।

महिला

महिलामा लगानी वर्ष र प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने छ । बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने छ ।

अपांग, अल्पसंख्यक

सार्वजनिक सेवा अपाङ्गतामैत्री बनाइने छ । अल्पसंख्यकलाई सचेतना तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने छ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनस्र्थापनाका लागि शान्ति कोष स्थापना गरिने छ ।

युवा

प्रत्येक प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरिने छ भने नवप्रवर्तन (स्टार्टअप) मा कर्जा उपलब्ध गराइने, स्टार्टअप बोर्ड गठन गरिने र स्टार्टअप कोष खडा गरिने छ ।

राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्‍चालन गरिने छ भने स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका १ हजार युवालाई फेलोसिप प्रदान गरिने छ ।

कर्मचारी

‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्‍चालन गरिने छ । राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइने छ । तोकिएको समय अगावै आयोजना सम्पन्न गर्ने कर्मचारी र निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रबन्ध गरिने छ ।

पिछडिएको क्षेत्रका बासिन्दा

डिजिटल डिभाइड कम गर्न पिछडिएको वर्ग, क्षेत्र, महिला र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने छ । दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिने छ ।

किसान

मल, बीउ कर्जामा ब्याज अनुदान, बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराइने छ । कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा दिइने छ ।

साना व्यवसायी

महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनी, ट्रेड पोर्टलमा प्रविष्टि गर्ने, कोसेली घरको स्थापना र सञ्‍चालन गरिने छ । घरेलु मदिरालाई कानुनी व्यवस्था गर्ने, कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यमका रोजगारीसँग आबद्ध गरिने छ ।

उद्योगी

उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्‍चालन गरिने छ । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत युवालाई सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने छ।

स्वास्थ्य

हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्‍चालन गरिने छ ।

शिक्षक, विद्यार्थी

बाल विकासका लागि १ हजार ५ सय शिक्षकलाई बुटक्याम्पमा सहभागी गराइने छ । छात्रवृत्तिलाई कक्षा ६ देखि १२ सम्म विस्तार गर्ने, साथीबाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रम सञ्‍चालन गरिने छ । स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने छ । १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सिप र रोजगारीमा आबद्ध गरिने अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने छ ।

भूमिहीन तथा सुकुमबासी

५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइने छ ।

सहकारीका सदस्य

बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने छ । ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गरिने छ ।

श्रमिक रोजगार बैंक स्थापना

श्रमाधान कार्यक्रम सञ्‍चालन गरिने छ । २ लाख व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी, प्रत्येक प्रदेशमा कम्तीमा १ हजार युवालाई सिपमूलक तालिम दिइने छ । स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुनेछ ।

कला संस्कृति

भानु साहित्य उद्यान स्थापना गरिने छ ।

गैरआवासीय नेपाली, वैदेशिक रोजगार

गैरआवासीय नेपाली अभियान अन्तर्गत कम्तीमा १ लाख रिटर्नीलाई स्वरोजगार बनाइने छ ।

पत्रकार

क्षमता अभिवृद्धि तालिम र लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइने छ ।

पर्यटक

तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिक स्थल दर्शन गर्ने व्यवस्था मिलाइने छ । रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबका रूपमा प्रवर्द्धन गरिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker