तनहुँको बन्दिपुर गाउँपालिकाद्वारा विद्यालय स्तरको अन्तिम परीक्षा स्थगित, शिक्षकहरुलाई विद्यालयमा उपस्थित भई रचनात्मक काम गर्न अनुरोध

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुको परीक्षा स्थगित गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको सर्न्दर्भलाई लक्षित गरी गाउँपालिकाले परीक्षा स्थगित गरेको हो ।

गाउँपालिकाले यस अघि वैशाख १९ गतेबाट ४ दिन भित्र सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक सत्र २०७७ को वाषिर्क परीक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन गर्ने गरी परीक्षा तालिका समेत जारी गरेको थियो ।

कोभिड-१९ संक्रमण जोखिम उच्च बन्दै गएको र गाउँपालिकाले जारी गरेको परीक्षा तालिका अनुसार परीक्षा सञ्चालन गर्दा थप थोखिम निम्तिने भन्दै शिक्षकहरुले असन्तुष्टि जनाएपछि गाउँपालिकाको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीइ अधिकृत महेश सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै विद्यालयमा भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरी भर्चुअल र अन्य माध्यमबाट पठनपाठन गर्नुहुन तथा यस अवधिमा शिक्षकहरु विद्यालयमा नियमित उपस्थित भई प्रशासनिक कार्यहरु सुचारु गर्न, शैक्षिक सामाग्रि निर्माण, सूचना प्रविधिको अयास, कोरोना सम्बन्धी सचेतना एवं रचनात्मक कार्यमा सरिक हुन शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker