एमाले तनहुँको १०औं अधिवेशन : निर्वाचन सकियो, दिउँसो १ बजेबाट मतगणना गरिदै, २३ सदस्य निर्विरोध

नेकपा एमाले तनहुँको दशौं अधिवेशन गत शुक्रबारदेखि जारी छ । जिल्ला कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास असफल भएपछि आइतबार राति ९ बजेबाट मतदान कार्य सुरु गरिएको थियो ।
मतपत्र ठूलो हुनुका साथै अन्य प्राविधिक कारणले मतदान कार्य लामो हुन गएको थियो । आइतबार राती ९ बजेबाट सुरु भएको मतदान सोमबार बिहान करिब ८:३० बजे मात्र सकिएको थियो ।
अधिवेशनका लागि ५८५ मतदाता सहभागि भएपनि ५६० प्रतिनिधिले मात्र मतदान गरेको जिल्ला निर्वाचन कमिटीले जानकारी गराएको छ । निर्वाचन कमिटीले आज दिउँसो १:०० बजेबाट मतगणना कार्य अगाडि बढाउने तयारी गरेको छ ।
निर्वाचनमा दुइ समुह प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । अध्यक्षका लागि हरिराज कंडेल र विष्णुभक्त सिग्देलले आ-आफ्नै प्यानल खडा गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यसअघि २३ जिल्ला सदस्य र लेखा आयोगमा भने र्सवसम्मत निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । आइतबार दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कमिटीका संयोजक पदमप्रसाद लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भिमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भुगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै भुगोल व्यास नगरपालिकाबाट महिलातर्फ वेदकुमारी वाग्ले र सीता पाण्डे, भुगोल भिमाद नगरपालिकाबाट महिलातर्फ नानुमाया गैह्रे र गौमाया राना, भुगोल आँबुखैरेनी खुलाबाट इन्द्रमान परियार र कपिल खनाल, भुगोल आँबुखैरेनी महिलातर्फ भगवती खनाल, भुगोल बन्दीपुर खुलातर्फ सुरेन्द्रबहादुर थापा र किशोर प्रधान, भुगोल बन्दीपुर महिलातर्फ फूलमती थापा, भूगोल ऋषिङ खुल्लातर्फ गञ्जसिंह गुरुङ र पुननारायण विक, भुगोल ऋषिङ महिलातर्फ हुमादेवी रानाभाट, भुगोल घिरिङ महिलातर्फ राधादेवी अधिकारी, भुगोल देवघाट खुल्लातर्फ यालबहादुर गुरुङ र केशवचन्द्र न्यौपाने, भुगोल देवघाट महिलातर्फ जुलीमाया सारु मगर, भुोल म्याग्दे महिलातर्फ निर्मला वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको लेखा कमिटी अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुल्लामा खिमबहादुर कुमाल र आरके पोख्रेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker