सडक दुर्घटनामा एकको मृत्यु, छानबिन गरी कारवाही गर्ने प्रशासनको प्रतिबद्धता

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा सोमबार भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निर्माणाधिन राजमार्गमा पानी हाल्ने ट्याङ्करको ठक्करबाट व्यास-१२ का प्रविन कैनीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

पृथ्वीराजमार्गमा पानी हालेर दमौली तर्फ फर्कदै गरेको बा.प्र.०१-००१ अ.य.००३९ नम्बरको पानी ट्याङकरले सोही दिशा तर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरर्साईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक व्यास-१२ घर भएका २९ वर्षीय कैनीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैनी व्यास नगरपालिकामा पूर्वाधार शाखाका इन्जिनियरको रुपमा कार्यरत थिए । उक्त घटनापछि मृतकका आफन्त स्थानीय बासिन्दाले पृथ्वीराजमार्ग अवरुद्ध गरेका थिए । राजमार्गमा टायर बालेर अबरुद्ध गराउँदा सयौं सवारी साधनहरु रोकिएका थिए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त दुर्घटनाको अनुसन्धान गरी प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएको पछि आफन्तले राजमार्ग खुल्ला गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार साँझ विज्ञप्ती जारी गरी मृतकका आफन्तहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रहरी प्रशासन पूर्ण रुपमा कटिबद्ध भई लाग्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘यस घटनालाई लिएर केही व्यक्तिहरुद्वारा पृथ्वी राजमार्ग बन्द गराउने कार्य भईरहेको छ । घटनामा सलग्न ट्याङ्कर र ट्याङ्कर चालक समेतलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडी बढाएको छ । यस दुःखद घटना लाई लिएर पृथ्वी राजमार्ग बन्द गर्दा राजमार्गमा आवतजावत गर्ने एम्बुलेन्स सहितका विरामी, छोटो तथा लामो दुरीका सवारी साधन आवतजावत गर्न नपाउँदा हजारौ यात्रुहरु अलपत्र पर्ने परिस्थिति सिर्जना हुने भएकोले उक्त घटनालाई लिएर राजमार्ग अवरुद्ध नगरिदिनु हुन सरोकारवाला सबै पक्षहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँ हार्दिक अनुरोध गर्दछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker