न्यूनदृष्टियुक्त अमृत फूलखेतीबाट मनग्य आम्दानी लिंदै
सानेबहादुर नेपाली

बन्दिपुर गाउँपालिका-१ का ४० वर्षीय न्यूनदृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । उहाँ सो वडाका वडासदस्य पनि हुनुहुन्छ । शारीरिक रूपमा उहाँ अपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोसजाँगरमा कमी छैन् ।
वडासदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रूपमा सयपत्री फूलखेती तर्फआकर्षित बन्नुभएको छ । न्यूनदृष्टियुक्त व्यक्ति उहाँ आफूले सकेको काम आफै गर्ने र आफूले गर्न नसक्ने काम घरपरिवारलाई गर्न लगाउने उहाँको स्वभाव रहेको शाहीको श्रीमती गङ्गा शाहीले बताउनुभयो ।
गतवर्षथोरै क्षेत्रफलमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यसवर्षअझ क्षेत्रफल बढाएर फूलखेती गर्नुभएको छ । उहाँले फूलखेती थालेसँगै स्थानीयवासी थप उत्साहित हुन थालेका छन् । गत वर्षकरिब रु पैतिस हजार मूल्य बराबरको फूल बिक्री गरिएकोमा यसवर्षकम्तीमा रु ५० हजारको बिक्री हुने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँबाट अप्रिmकन सयपत्री फूलको बीउ रु चार हजारमा खरिद गरी ल्याएर उत्पादन गरेको बिरुवा करिब एक रोपनी क्षेत्रफलमा लगाएको उहाँले बताउनुभयो ।
एक हजारभन्दा बढी फूलका बिरुवामा फूल फक्रिएको छ । उहाँले भन्नुभयो, “बढी वर्षाका कारण फूलका बिरुवा अग्लो भई ढलेकाले अपेक्षाअनुरुप आम्दानी लिन सकिदैन कि भन्ने लागेको छ ।” सामान्य मेहनतमै थोरै जग्गामा विभिन्न प्रजातीका फूल तथा फूलका बेर्ना उत्पादनबाट राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । “एक रोपनी जग्गामा कति मकै फल्छ, कोदो कति नै फल्छ र”, उहाँले भन्नुभयो, “तर त्यती जग्गाबाट नसोचेको आम्दानी भएको छ ।”
फूल बिक्रीका लागि बजारको कुनै समस्या नभएको र अधिकांश मानिसले घरमै आएर फूल लैजाने आश्वसन दिएकाले बिक्रीमा समस्या नहुने देखिएको छ । छोटो समयमा कम परिश्रम र थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले आफू यस व्यवसायतर्फआकर्षित भएको उहाँले बताउनुभयो । बर्सेनि विदेशबाट करोडौँका फूल नेपालमा भित्रिने हुँदा व्यावसायिक रूपमा फूलखेती गरेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यसको खेतीतर्फलागिपरेको उहाँको भनाइ छ ।
“फूलखेती गर्दा जग्गा जमिन मलिलो हुने, रोग कीराको आक्रमण कम हुने, विषादी प्रयोग गर्न नपर्ने हुन्छउहाँले भन्नुभयो”, “गोडमेल, सिँचाइलगायत सजिलो काम गरे पुग्ने भएकाले आफ्नो रोजाइँको पेशा बनेको छ ।” उहाँ बन्दिपुर-१ रिमाल्नीमा अमृत नर्सरी स्थापना गरी फूल खेतीको साथसाथै फलफूलका बिरुवा समेत बिक्री गर्दै आउनुभएको छ । नर्सरीमा आँप, लिची, अम्बा, ड्रागन प|mु ट, एभोकाडो लगायतका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेको किसान शाहीले बताउनुभयो । रासस










