व्यास नगरपालिकाले ५० जना क्षमताको आइसोलेशन सञ्चालन गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले ५० जना क्षमताको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले कृषि विकास बैंक दमौलीको भवनलाई आइसोलेसन बनाउने भएको हो । जिल्ला संकट व्यवस्थापन समितिको समेत सहमतिमा विहीबारबाट आईसोलेसन सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।

उक्त आईसोलेसनमा ५० जना राख्न मिल्ने गरी व्यवस्थापन मिलाइएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् । उक्त आइसोलेशनमा घरमा बस्ने वातावरण नभएका, साथै विपन्न आर्थिक अवस्थाका संक्रमितलाई राखिने नगरप्रमुख न्यौपानले बताए ।

आईसोलेसनमै प्रारम्भिक परिक्षण र अक्सिजन समेतको सेवा दिइने र जटिल बिरामिहरुलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्सको सुविधा समेत प्रदान गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिए । साथै मृत्यू हुने संक्रमितको अन्तिम संस्कारको व्यवस्थापन समेतमा नगरपालिकाले तयारी गरिसकेको न्यौपानेले बताए । व्यासले संक्रमित सामान्य बिरामीलाई हरेक वडाको स्वास्थ्य फोकल व्यक्तिको निग्रानीमा होम आईसोलेसनमा राख्ने व्यवस्था समेत गरेको छ ।

नगरपालिकाले गएको हप्तादेखि हप्ताको दुइ दिन सोमबार र विहीवार पिसिआर परिक्षणको लागि निशुल्क स्वाब संकलनको व्यवस्था गरेको छ । व्यासमा दुइ हप्ता भित्र २८२ जनाको पिसिआर गरिएकोमा ४४ पुरुष र ४२ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । यस अवधिमा संक्रमित मध्ये वडा नं १ बाट ३ जना र वडा नं १२ बाट एक जना गरी ४ जनाको मृत्यू भएको छ भने व्यासमा ४१ पुरुष र ३५ जना महिला गरी ७६ जना संक्रिय संक्रमित रहेका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker