निर्माणाधिन कोत्रे पुल

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र कास्कीको सिमानामा रहेको कोत्रेखोला माथीको निर्माणाधिन पक्की पुल । पोखरा–मुग्लिङ सडक विस्तार योजनाको पश्चिम खण्डमा मंसिर २८ देखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ५ बजेसम्म आंशिक रुपमा सवारी आवगमन बन्द गरी कोत्रे खोलाको पुलमा ग्रीडर लन्चिङ्गको काम गरेको थियो । उक्त काम सम्पन्न भएपछि मंगलबार साँझबाट अवरुद्ध सडक खुल्ला गरिएको छ । योजनाले पश्चिम खण्डको सडक विस्तार कार्यलाई तीब्रता दिंदै आएको छ । तस्विर : भञ्ज्याङ










