पृथ्वी राजमार्गमा तीन दुर्घटना, तीन जनाको मृत्यु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा भएका छुट्टाछुट्टै तीनवटा सवारी दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिकाका दुई स्थान र व्यास नगरपालिकाको एक स्थानमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिका–४ पञ्चमुनी चोकमा स्कार्पियोको ठक्करबाट स्थानीय ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ग १ झ १४८४ नम्बरको स्कार्पियोले बाटो काट्ने क्रममा गुरुङलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइतेलाई सुरुमा तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको थियो । गण्डकी अस्पताल हुँदै मणिपाल शिक्षण अस्पताल पु¥याइएकी गुरुङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । स्कार्पियो र चालक शुक्लागण्डकी–१० मिनमखानीका ४४ वर्षीय रामकाजी गिरी प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिका–२ चुहिनेमुढा हलेदीमा मोटरसाइकल दुर्घटनामा घिरिङ गाउँपालिका–५ मोर्चाबारीका ३० वर्षीय बलप्रकाश थापाको मृत्यु भएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग२०प ६११२ नम्बरको मोटरसाइकल चालकले खसेको चस्मा टिप्ने क्रममा सोही दिशाबाट आएको बा १ प ७८१ नम्बरको पर्यटक हायसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते थापालाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार साँझ ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न मोटरसाइकल, हायस र हायस चालक धादिङको गजुरी गाउँपालिका–८ किरानचोकका २२ वर्षीय सविन तामाङ प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी, व्यास नगरपालिका–१२ कमलबारीमा ट्रकको ठक्करबाट पैदलयात्री ७३ वर्षीया बिबा गुरुङको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५९५८ नम्बरको ट्रकले देवघाट गाउँपालिका–४ निवासी गुरुङलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते गुरुङलाई प्रदेश अस्पताल दमौली पु¥याइए पनि सोमबार बिहान ११ः१८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । ट्रक र चालक लमजुङको मध्यनेपाल नगरपालिका–४ का २४ वर्षीय अमृत बानियाँ प्रहरी नियन्त्रणमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker