मिर्गाैला पीडितलाई एमाले भानु नगर कमिटीको सक्रियतामा आर्थिक सहयोग

भानु । तनहुँको भानु नगरपालिका–२ निवासी मिर्गौला पीडित राजेश मजकोटीको उपचारका लागि करिब साढे तीन लाख सहयोग हस्तान्तरण गरिएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गर्दै आएका मजकोटीको उपचारका लागि नेकपा (एमाले) भानु नगर कमिटीको सक्रियतामा रु तीन लाख ४९ हजार ७६५ हस्तान्तरण गरिएको छ ।

सोही वडा घर भई हाल अमेरिकामा रहेका केशवराज लोहनीको सक्रियतामा ६० जना नेपालीबाट संकलित रु तीन लाख १८ हजार २५० र नगर कमिटीले स्थानीय स्तरमा संकलन गरेको रु ३१ हजार ५१५ समेत गरी रु तीन लाख ४९ हजार ७६५ पीडितका श्रीमती सरिता मजकोटीलाई हस्तान्तरण गरिएको नेकपा (एमाले) भानु नगर कमिटीका अध्यक्ष शंकर रानाभाटले जानकारी दिए ।

३९ वर्षीय मजकोटी दुई वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका छन् । उनको दमौलीस्थित दमौली अस्पतालमा डायलासिस भइरहेको छ । पीडितका श्रीमती सरिताले भनिन्, “काठमाडौं, पोखरा र चितवनका अधिकांश अस्पताल चहारे । पैसा सकियो रोग निको भएन । सहयोग पाए उपचार गरेर श्रीमान् बचाउने रहर छ ।”

मिर्गौला पीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि महङ्गो मूल्यमा सुई र औषधी किन्नुपरेको उनको भनाई छ । उनले भनिन्, “सरकारले निःशुल्क डायलासिस हुन्छ भनेको छ । औषधि र इन्जेक्सन किन्दा हप्तामा रु चार हजार बढी खर्च हुने गरेको छ ।”

परिवारमा आम्दानीको कुनै स्रोत नभएकाले डायलसिस गर्न पनि गाह्रो परेको उनको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker