चितुवाको आक्रमणमा परी छिर्कनका ८ वर्षीय बालकको ज्यान गयो

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा मंगलबार साँझ करिब ६:३० बजेको समयमा चितुवाको आक्रमणमा परी एक बालकको ज्यान गएको छ । स्थानीय चित्रबहादुर कुवँरको ८ वर्षीय छोरा अभिनव कुवँरको चितुवा आक्रमण परी मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन अधिकृत नारायण कोइरालाले बताए ।

्हजुरआमा गोठमा गाईभैंसी दुहुना गएको समयमा बालक पनि संगै गएको र गोठ अगाडिको ढुंगामा बसिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको स्थानीय राजनप्रसाद पन्तले बताए ।

घटनास्थल पुगेका स्थानी पन्तका अनुसार चितुवाले आक्रमण गरी बालकलाई गोठ भन्दा तल करिब दुइ सय मिटर तल पुर्‍याएको थियो। चितुवाले आक्रमण गरे लगत्तै हजुरआमाले हारगुहार गरेपनि बालकलाई बचाउन नसकिएको उनले बताए ।

चितुवाले बालकको घाँटीमा गहिरो चोट पुर्‍याएको छ । घट्ना लगत्तै हारगुहार गरी हल्लखल्ला भएपछि चितुवाले छाडेर भागेको अवस्थामा बालक भेटीको स्थानीयले बताएका छन् । गोठ वरिपरी मानव बस्ती नभएको र खेतीयोग्य जमिन बाँझिएर खरबारी बनेको छ ।

मृतक बालकका बाबुआमा जापनमा बस्दै आएका र हजुरआमासंग छिर्कने बजारमा बस्दै आएपनि उनिहरुको गोठ भने करिब दुइ सय मिटर माथी रहेको बताइएको छ ।

यस्तै, जिल्लामा मानव र चितुवा बिचको द्वन्द्वका कारण आफ्नै घरआँगन तथा आमाको काँखमा खेलिरहेका बालिबालिकाहरु चितुवाको निसानामा पर्न थालेका छन् । यसअघि गत कात्तिक ४ गते बन्दिपुर गाउँपालिका-३ सिस्नेघारीकी ११ वर्षीया बीना चेपाङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । बिहान पख साथीको घर जान निस्केकी चेपाङलाई बिचबाटोमै चितुवाले आक्रमण गरेको थियो ।

गत जेठ ३१ गते बन्दिपुर-१ बोडिस्वारका ५ वर्षीय सुप्रिम मगरको चितुवाकै आक्रमणबाट ज्यान गयो । घरआँगनमै खेलिरहेका मगरलाई दिउँसै चितुवाले आक्रमण गरी नजिकैको छापेली सामुदायिक वन क्षेत्रमा पुर्‍याएको थियो ।

केहीदिन यता बन्दिपुरको वडा नम्बर १, ३ र ४ र व्यासको वडा नम्बर १२ र १३ मा चितुवा आतंक बढेको छ । गत भदौं १३ गते चितुवाकै आक्रमणबाट व्यास-११ राम्चेका आमा छोरा घाइते भएका थिए । राती सुतिरहेको अवस्थामा ९ वषर्ीय छोरा शंकर गुरुङलाई चितुवाले आक्रमण गर्न आएपछि छोरालाई बचाउन खोज्दा आमा दिलमाया पनि घाइते भएकी थिइन् ।

जिल्लामा मानव र बन्यजन्तु -चितुवा) बिच द्वन्द्वका कारण २०७४ फागुन यता १४ जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवा बिहान, बेलुका र दिउँसै पनि मानवबस्तिमा आएर आक्रमण गरी ज्यानै लिन थालेपछि स्थानीय त्रासित बनेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker