पत्रकार बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

भञ्ज्याङ न्यूज

‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ। नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्र रहेको छ ।

युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा मंगलबार बसेको भर्चुअल बैठकले बस्नेतलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उनका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गरेका थिए । उनि नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री हुन् ।

सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिए । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker