व्यासका नगर प्रमुखको सय दिन : १५ बुँदे उपलब्धी सार्वजनिक, विकासका लागि योजनाबद्ध रुपमा अगाडि बढेका छौं-प्रमुख न्यौपाने

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले कार्यभार सम्हालेको सय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । प्रमुख न्यौपानेले गत असार जेठ ११ गते शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए ।

नगर प्रमुखले बिहीवार नगरपालिकामा पत्रकार तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी १५ बुँदे उपलब्धी र्सार्वजनिक गरेका थिए । न्यौपानेले आफ्ना उपलब्धीमा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा सहायता कक्षा स्थापनादेखि फोहोरमैला व्यवस्थापनाका लागि गरिएका प्रयासहरु समेटेका छन् ।

प्रमुख न्यौपानले पहिलो उपलब्धीमा व्यास नगरपालिकाको ३७औं नगरसभा सम्पन्न गरी आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम र वजेट पारित गरी प्रकाशन गरेको विषय राखेका छन् । नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको स्थापित सहायता कक्षबाट सेवाग्राहिहरुलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध गराइएको र नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल प्रिm नं. १६६०६५५२००६ सञ्चालनमा ल्याइएको बताएका छन् ।

व्यास नगरपालिकाले कार्यक्रम २०७९ भदौ महिनादेखि हरेक महिनाको २ गते दिनको ११ बजे नगरपालिका कार्यालयमा पालिका पदाधिकारीसँग नगरवासीको सम्वाद कार्यक्रम सुरु गरेका छन् । व्यासमा लोड वियरिङ घर निर्माणका लागि नगरपालिकाले निःशुल्क नक्सा बनाई सम्बन्धित घर निर्माणकर्तालाई सहयोग गर्ने कार्य सुरुवात गरिएको र पुराना पारित घरनक्सा फाइललाई डिजिटलाइजेशन गर्ने काम सुरु गरिएको प्रमुख न्यौपानले बताए ।

यस्तै आ.ब २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको लागि वडा तह बाटै योजना सम्झौता गर्ने कार्य अघि बढाइएको, नगरपालिकाका योजनाहरु भुक्तानीलाई सरलिकृत गरी इलेक्ट्रोनिक फण्ड ट्रान्फर -इएफटी) मार्फ भुक्तानि दिने प्रणालिको सुरुवात गरिएको, व्यास नगरपालिकाले जिपिएम र युसिएलजी एस्पैक जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको सदस्यतालाई निरन्तरता दिदै आइसिर्एलईआई, लिग अफ हिस्टोरिकल सिटी लगायतका संस्थासँग आवद्धता अघि बर्ढाई व्यास नगरपालिकालाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने अभियानलाई निरन्तरता दिइएको विषयलाई उपलब्धीका रुपमा देखाएका छन्।

‘एकिकृत डिजिटल व्यास नगरपालिका’ योजना अन्तर्गत प्रत्येक वडामा डिजिटल नागरीक वडा पत्र, सि.सि क्यामेरा र बायोमेट्रीक हाजिरिको ठेक्का प्रक्रिया सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको बताउँदै नगरप्रमुख न्यौपानेले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको संकलित लगतलाई डिजिटलाइजेसन गरी वडा नं. १,२,३ मा निस्सा वितरण गरिएको र बाँकी फाईल डिजिटाइजेन गर्नका लागि आदिकवि भानुभक्त क्याम्पससंग ३० दिनको सम्झौता गरी काम अगाडि बढाएको पनि उपलब्धीका रुपमा देखाएका छन् ।

यस्तै भदौ ५ गतेदेखी व्यास-७ शेषमटार नरङगामा व्यास नगर समता विद्यालय सञ्चालनमा गरिएको छ । जहाँ अति विपन्न, अभिभावक विहिन, शिक्षाको पहुँचमा नरहेका ४३ जना बालबालिकाहरुलाई निःशुल्क खाना, आवास समेतको विद्यालयमै व्यवस्था गरिएको न्यौपानेले बताए ।

उक्त विद्यालयको लागि शिक्षक व्यवस्थान, क्याण्टिनको व्यवस्था र अन्य भौतिक संरचना व्यवस्थापनको कार्य अघि बढाइएको न्यौपानेले १५ बुँदे उपलब्धीमा देखाएका छन् ।

अभिभावक विहिन बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त विद्यालयमा अगामी शैक्षिक सत्रदेखि अझै धेरै बालबालिकालाई समेटने तयारीका साथ काम भइरहेको न्यौपानेले बताए ।

व्यास नगरपालिकाको फोहोरमैला विर्सजनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरी सरसफाई केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको न्यौपानेले बताए । सरसफाई केन्द्र स्थापना गर्नका लागि व्यास-१० मंगलि गैह्राको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग गर्ने निर्णय पनि नगरपालिकाले गरीसकेको न्यौपानेले बताए ।

सय दिनका अवधिमा व्यास नगरपालिका-१० वैरेनी जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोषसंग श्रोत साझेदारीका लागि प्रक्रिया अघि बढाइएको छ । नगरपालिका अन्तर्गतका योजनाहरुलाई व्यवस्थित गर्न डिजिटलाइजेसन प्रक्रिया अघि बढाइएको र व्यास नगरपालिका भित्र नेपाल सरकार शिक्षा विभागबाट काटिएको प्राथमिक विद्यालयका ५३ दरबन्दीलाई परिपुर्ति गर्न स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको विषयलाई नगरप्रमुख न्यौपानेले सय दिने उपलब्धीका रुपमा समेटेको पत्रकार सम्मेलन मार्फ जानकारी गराएका थियो ।

उक्त कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरिाराम नागिला, वडाध्यक्षहरु, सञ्चारकर्मी र कार्यकालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker