गोरखामा घर आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु

२६ कात्तिक, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।

७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ ।’

आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए ।

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर पाएको बताए ।

‘खबर आएलगतै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लाग्यो, बल्लतल्ल आगो नियन्त्रण गरेर घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पार्‍यौं’, उनले भने ।

घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker