संक्रमितलाई पौष्टिक आहार सहित स्वास्थ्य सामाग्रि वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास मुस्लिम सेवा समाजले दमौली अस्पतालको आइसोलेसनमा रहेका १९ जना कोरोना भाइरस संक्रमितलाई फलफूल तथा पौष्टिक आहार सहित स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । समाजका सदस्यले १९ पोका फलफूलका साथ पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई समाजका अध्यक्ष सिद्धिक मियाँले उक्त सामाग्रि हस्तान्तरण गरिएको थियो । समाजले च्यवनप्रास, मास्क, फ्रुटी, केरा, फलफूल र अस्पताललाई ५०० पिस मास्क, १०पिस भाईजरसँगै १० लिटर स्यानिटाइजर उपलब्ध गराएको समाजका सचिव मनसुर अहमदले बताए ।










