थानीमाई मन्दिर

तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार फूलको डोली लिएर पुगेका भक्तजनहरु । फागुन महिनाको अन्तिम मंगलबार १५ वटा फूलका डोली चढाइएको छ । आफ्नो मानोकांक्षा पुरा भएको भन्दै तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवन लगायतका जिल्लाबाट बाजागाजासहित भक्तजनहरु फूलको डोली लिएर मन्दिर पुग्ने गर्छन । विशेष गरी कात्तिक, मंसिर, माघ र फागुन महिनामा मन्दिरमा भक्तजनहरु फूलको डोली चढाउने तथा सोमबार राती जाग्रम बसि बत्ती बाल्ने गर्दछन् ।
तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










