व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको खाद्य स्वच्छता स्तरीकरण

दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीले व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको आज अनुगमन गरेको छ ।

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा होटलको अनुगमन गरी स्तरीकरण निर्धारण गर्दा पाँच वटा होटलले मापदण्ड पूरा गर्न नसकेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो ।

स्तरीकरणका लागि होटल तथा रेष्टुराँको भान्साको सरसफाइ, खाद्य सामग्रीको सुरक्षित भण्डारण, व्यक्तिगत सरसफाइँ, खानेपानीको अवस्था, फोहोर व्यवस्थापन, सेवा प्रवाह, खाद्य सुरक्षा मापदण्डको पालना, अभिलेख व्यवस्थापन तथा समग्र सञ्चालन अवस्थाको मूल्याङ्कन गरिएको थियो ।

मूल्याङ्कनमा दमौलीस्थित सिद्धार्थ होटलले ‘अति उत्तम (३ स्टार)’ स्तर प्राप्त गरेको छ । खाद्य स्वच्छता तथा सेवा गुणस्तरका अधिकांश सूचकमा उत्कृष्ट अङ्क हासिल गरेपछि होटल सिद्धार्थलाई अति उत्तम स्टीकर प्रदान गरिएको छ ।

त्यस्तै मध्यम (एक स्टार) मा व्यास नगरपालिका–५ स्थित मानुङकोट रिसोर्ट, दुनाटपरी रेष्टुराँ, व्यास नगरपालिका–१२ स्थित हाइवे ब्रेक इभी प्वाइन्ट, कैनी भिल्ला क्याफे एण्ड रेष्टुरेण्ट, होटल हाइवे किङ, बबिना होटल एण्ड रेष्टुराँ, ए वान क्याफे र व्यास नगरपालिका–४ स्थित पिस प्याराडाइज स्तरीकरण भएको छ ।

यसैगरी सामान्यमा व्यास नगरपालिका–५ स्थित ग्रिनहिल रेष्टुराँ, होटल ड्रागन, व्यास नगरपालिका–१२ कन्टेनर कफी हब र रइस क्याफे एण्ड रेष्ट्रो स्तरीकरण भएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख आचार्यले खाद्य व्यवसायलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउने उद्देश्यले नियमित रूपमा स्तरीकरण तथा अनुगमन अभियान सञ्चालन भइरहेको बताउनुभयो । उहाँले खाद्य स्वच्छतामा कुनै किसिमको लापर्वाही नगर्न र कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न सबै होटल तथा रेष्टुराँ सञ्चालकलाई आग्रह गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker