घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामग्रि सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कारितास नेपाल धोविघाट ललितपुरले कोभिड-१९ संग जुध्न सहयोग पुग्ने गरी गाउँपालिकालाई करिब दुइ लाख १८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्रि सहयोग गरेको हो । कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी गराए ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिइ, पञ्जा, फेसशिल्ड, स्यानीटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।

यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ३० लाख ५२ हजार १५७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । दमौली अस्पताललाई १९ लाख १५ हजार १२३ रुपैयाँ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ११ लाख ३७ हजार ३४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको बताइएको छ । उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई एक करोड २० लाख ९८ हजार ४११ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker