आदिकवि भानुभक्त क्याम्पस र अभिभावक बीच भर्चुवल अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले अभिभावकहरुसंग भर्चुवल अन्तरक्रिया गरेको छ । विज्ञान तथा प्रविधि विभाग अन्तर्गत स्नातक तहमा विज्ञान शिक्षा मूल बिषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक, क्याम्पस प्रशासन, प्राध्यापन गर्ने प्राध्यपक तथा विद्यार्थीहरुबीच भर्चुवल माध्यमबाट विविध विषयमा अन्तरक्रिया गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराएका छन् ।

प्रथम, तृतीय तथा चौथो वर्षका विद्यार्थीहरु र उनीहरूको अभिभावक बीच क्याम्पस प्रमुख हड्खले, सहायक क्याम्पस प्रमुखहरू डा राम कुमार अधिकारी र सागर पौडेल तथा विभागीय सदस्यहरु रुपक श्रेष्ठ, सागर न्यौपाने, प्रकाश गैह्रे, रबिन केसी, सरला देवकोटाले सहजिकरण गरेका थिए ।

विभागका प्रमुख राजन घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख हड्खलेले विभागले आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरूको भविष्य, परीक्षा लगायतका विविध विषयमा परामर्श दिँदै यस्ता कार्यक्रम नियमितरुपमा सञ्चालन गरिने र अभिभावकहरुको सल्लाह सुझाव अनुसार नै हामीहरुले आफ्नो शैक्षिक गतिविधी सञ्चालन गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा करिब ९० प्रतिशत विद्यार्थी तथा ८० प्रतिशत अभिभावकहरूको उपस्थिति रहेको बताइएको छ । अन्तरक्रियामा अबिभाबकहरुले क्याम्पसले संचालन गरेको अहिलेको भर्चुवल माध्यमबाट कक्षाहरु अत्यन्त सकारात्मक, फलदायी, उपयोगी तथा परिणाममुखी हुने बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिन सुझाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker