म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानीको धारा वितरण

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी छवटा बस्तीमा खानेपानी वितरण गरिएको हो ।
‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पु¥याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी आयोजनाबाट झण्डै आठ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् ।
म्याग्दे गाउँपालिकाको समपुरक योजना, विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । “बस्तीमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन्”, उहाँले भन्नुभयो “गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिँदै आएको छ ।”
उक्त खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएपछि ट्याङ्की निर्माण गरिएको थियो । गत आवमा रु ६५ लाख बजेट विनियोजन भएको थियो । प्रशासकिय अधिकृत अधिकारीले भन्नुभयो, “निर्माणको अन्तिम चरणमा सांसद शङ्कर भण्डारीले जिआइ पाइपलगायत अन्य सामग्री व्यवस्था गरेपछि सम्पन्न गर्न सहज भएको हो ।”
विसं २०६६÷६७ देखि सीमित मात्रामा लिफ्टिङबाट खानेपानी उपलब्ध गराउँदै आएको उक्त खानेपानी आयोजना सम्पन्न गर्न करिब रु ९५ लाख खर्च भएको म्याग्दे–४ का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालै सम्पन्न नयाँ लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्याको अन्त्य भएको छ ।
खानेपानी आयोजनाका अध्यक्ष टेकबहादुर श्रेष्ठको घरघरमा पानी पुगेपछि स्थानीयबासीमा खुसी छाएको बताउनुभयो । “यसअघि बिहान उठेपछि स्थानीयलाई पानीकै चिन्ता हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले घरघरमा पानीको धारा जडान भएपछि त्यो चिन्ता हटेको छ । स्थानीयको दैनिकी सहज बन्दै गएको अपेक्षा लिएका छौँ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker