छिम्केश्वरी र बुढीमाई मन्दिर प्रवर्द्धनका लागि महायज्ञ : आस्था, योगदान र विकासको संगम

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाको पवित्र पहाडी शिखरमा अवस्थित छिम्केश्वरी र बुढीमाई मन्दिर पछिल्ला दिनमा हजारौं भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पूजा–पाठ मात्र होइन, संरक्षण र विकासको ठूलो अभियान पनि चलिरहेको छ ।

छिम्केश्वरी क्षेत्रको समग्र विकासका लागि आँवुखैरेनी गाउँपालिका–३ हाटबजारमा अहिले सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञले धार्मिक वातावरणमा नयाँ ऊर्जा थप्दै लगेको छ । श्रद्धा, भक्ति र योगदानको संगम बनेको यस महायज्ञमा अहिलेसम्म करिब एक करोड रुपैयाँको हाराहारीमा दान संकलन भइसकेको आयोजकले जनाएको छ ।

महायज्ञका मूल संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार, कात्तिक १५ गतेसम्म चल्ने यस धार्मिक कार्यक्रमको लक्ष्य रु. १० करोड संकलन गर्ने राखिएको छ । उनले भने, “हाम्रो उद्देश्य मन्दिरलाई केवल पूजा गर्ने ठाउँमा सीमित नराखी, यसलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित गर्नु हो ।”

संकलित रकम मन्दिर क्षेत्रको स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ क्षेत्र निर्माणमा प्रयोग गरिने योजना समितिले सार्वजनिक गरेको छ ।

यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकारको साथमा धार्मिक पुनर्जागरण अभियान अगाडि बढाइएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान भन्छन्, “छिम्केश्वरी र बुढीमाई केवल आस्थाका केन्द्र होइनन्, यी गाउँको आर्थिक र सांस्कृतिक मुटु हुन् । स्थानीय सरकार यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध छ ।”

अध्यक्ष चुमानका अनुसार, मन्दिरको दीर्घकालीन विकासका लागि निरन्तर योजना र स्रोत संकलन दुवै आवश्यक छन् । त्यसैले अहिलेको महायज्ञलाई उनले “धार्मिक जागरणसँगै विकासको पहिलो ईँटा”का रूपमा वर्णन गरेका छन् ।

२,१३४ मिटरको आध्यात्मिक उचाइ

समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य देख्न सकिन्छ । भक्तजनहरू भन्छन्– बिहानको सुनौलो किरणमा चम्किने यी हिमश्रृंखलाबीच मन्दिरमा गरिएको दर्शन आत्मशान्तिको सर्वोच्च क्षण हुन्छ ।

विश्वास र संस्कृति जोड्ने थलो

स्थानीय धार्मिक विश्वासअनुसार, छिम्केश्वरी देवी गोरखाको मनकामना माईकी दिदी हुन्। भक्तजनहरूका अनुसार, यहाँको दर्शनले मनोकामना पूरा हुन्छ र परिवारमा शान्ति आउँछ भन्ने जनविश्वास रहेको छ। त्यसैले बुढीमाई र छिम्केश्वरीका मेलाहरूमा तनहुँ, गोरखा, लमजुङ र चितवनसम्मका भक्तजनहरू आउने गर्छन् । महायज्ञका अवसरमा अहिले क्षेत्र नै उत्सवमय बनेको छ । बाजागाजा, भक्ति संगीत, प्रसाद वितरण र सहयोगका हातहरू निरन्तर फैलिएका छन् ।

धार्मिक पर्यटनको नयाँ सम्भावना

छिम्केश्वरी क्षेत्र धार्मिक श्रद्धासँगै आर्थिक र पर्यटनिक दृष्टिले पनि सम्भावनाको उचाइमा पुगेको छ । समितिले फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने, सरसफाइ सुधार र पूर्वाधार विस्तारलाई प्राथमिक योजना बनाएको छ । यो महायज्ञले छिम्केश्वरी र बुढीमाईलाई श्रद्धा मात्र होइन, विकासको शिखरमा पु¥याउने स्थानीयले विश्वास गरेका छन् ।

एक करोड दान संकलन

आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको बृहत विकास र संरक्षण एवं धार्मिक पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा विहीबारसम्म करिब एक करोड रुपैयाँ दान संकलन भएको बताइएको छ ।

महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार कात्तिक १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ निर्माणमा खर्च गरिने छ ।

महाभारत पर्वत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि आयोजित उक्त महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरेका छन् । महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू गरिने भएको छ ।

त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ । आयोजकहरुले यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker