२ वर्षीया छोरी सहित बन्दीपुरकी विष्णु आले हराइन

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोट बस्ने श्रीमान इन्द्र बहादुर आलेकी श्रीमती बिष्णु आले आफ्नी २ वर्षीया छोरी सहित हराएकी छन् ।

१९ वर्षीया आले मंसिर १५ गते शुक्रबारदेखि हराएकी हुन् । रातो कालो वर्णकी, लाम्चो अनुहार भएकी, अन्दाजी ५ फिट उचाइ भएकी, हराउने बखत गुलाबी कुर्ता सुरुवाल र निलो स्वीटर लगाएकी, सानो जेब्रा झोला र कलेजी रङ्गको साइड ब्याग बोकेको बताइएको छ ।

गत शुक्रबार बिहान ११ बजे घरबाट श्रीमानलाई काम गर्ने ठाउँ डुम्रे बजारमा होटल लाइनमा भाडा माझने भनि हिँडेकी तथा छिमेकी एक महिलालाई चितवनको एक होटलबाट होटल सञ्चालकले १५ गते भित्र नआएमा भाँडा माझने अर्को मान्छे राख्छु भनेको भन्दै सोही दिन दिउँसोको १ बजे भित्रको समयमा बन्दिपुर-१, नाहालाबाट बस चढेकी आले हालसम्म पनि फेला नपरेको बताइएको छ ।

प्रहरी चौकी, डुम्रे र जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीमा खोजतलासका लागि निवेदन दिएपछि हालसम्म पत्ता नलागेको श्रीमान आलेले बताए । आलेले कही कतै देख्नु भेट्नुभएमा मोबाइल नम्बर ९८०६५९७४६६ मा सम्पर्क गरिदिन तथा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker