बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक÷एक जना रहेका गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।

वेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक÷एक जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।

झण्डै दुई हजार विस्थापित

बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । प्राप्त विवरणअनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ ।

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीन वटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker