अनुदान वितरणका लागि व्यवसायिक फर्मको अनुगमन

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले कृषकहरुलाई अनुदान वितरण गर्नुपूर्व व्यवसायिक र्फमको अनुगमन गर्न सुरु गरेको छ । गाउँपालिकाले व्यवसायिक कृषकलाई लागि राहत दिन व्यवसायिक फर्मको अनुगमन गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरी व्यवसाय गरेका कृषकको र्फम अनुगमन तथा निरिक्षण कार्यक्रम गरिएको छ । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितिका सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल सहभागि भएका थिए ।

अनुगमनका क्रममा म्याग्दे-४ मा रहेको नवदुर्गा कृषि तथा पशु फर्म, आशिक भैसी फर्म थर्पु, कायस्थ कृषि तथा पशु र्फम मनहरी, राना वंगुर फर्म लम्तरी, मिलीजुली एकीकृत कृषि तथा पशुपंक्षी र्फम मनहरी, हिमचुली कृषि तथा पशुपंक्षी फर्म मनहरि, थर्पु पशुपंक्षी फर्म लगायतको व्यवसायिक र्फममा निरिक्षण गरिएको छ ।

सो अवसरमा कृषकले व्यवासायिक कृषकलाई पालिकाले राहत दिनुपर्ने, बजारको व्यवस्थापन गर्नुपर्ने, औजार उपलप्ध गराउनुपर्ने माग गरेका थिए । सो क्रममा नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा बैंकबाट ऋण लिएर ठुलो लगानी गरेको तर बजारको व्यवस्थापन नभएको हुँदा उत्पादित दुधले बजार नपाएको गुनासो गरे । बास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाएको हुँदा दुखेसो लागेको समेत बताए ।

म्याग्दे गाउँपालिकाले अनुदानका लागि व्यवसायिक कृषकलाई निवेदन दिन आग्रह गरेसँगै कृषकले अनुदान माग गर्दै दिएको निवेदनको अनुगमन गरेको थियो । पालिकाले व्यवसायिक कृषकका लागि यस आर्थिक वर्षमा बोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागि गोठ खोर निर्माणमा ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित बजेटबाट कृषकलाई अनुदान वितरण गरिने अनुगमन समितिका संयोजक वालकृष्ण घिमिरेले बताए ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचान गरी अनुदान वितरण गर्ने नीति अनुसार निवेदन दर्ता भएका फार्मको स्थलगत अनुगमन तथा निरिक्षण थालिएको बताए । ‘अनुदानका लागी धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचान गर्न हामी र्फम निरिक्षणमा आएका हौं’, अध्यक्ष श्रेष्ठले भने, ‘अनुगमन पश्चात कृषकहरुलाई सोही आधारमा अनुदान दिइने गाउँपालिकाले नीति बताएको छ ।’

जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका साथै उत्पादित वस्तुको वजारीकरणमा समेत सहजिकरण हुने हुँदा स्थलगत अनुगमनको कार्यक्रम गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘उत्पादनले मात्र समृद्ध म्याग्दे बनाउन सकिने हुँदा असल कृषकलाई पालिकाले अनुदान दिने र कृषि उत्पादनमा जोड दिएका छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker