तनहुँमा निषेधाज्ञा खुकुलो बनाउनुपर्ने जिसस र स्थानीय पालिका प्रमुखहरुको बैठकको निष्कर्ष
भञ्ज्याङ न्यूज

जिल्ला समन्वय समिति तनहुँले कोभिड संक्रमणका कारण लगाइएको निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनुपर्ने निष्कर्षनिकालेको छ ।
समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा शुक्रबार स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठकले जनजीवन अस्तव्यस्त भएकाले सावधानीपूर्वक निषेधाज्ञा खुकुलो बनाउनुपर्ने निष्कर्षनिकालेको प्रवक्ता गल गुरुङले जानकारी गराए ।
यस्तै, बैठकले कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्ति परीक्षणको दायारमा आउन नमान्दा जिल्लामा कोरोना संक्रमण घटेन नसकेको समेत निष्कर्षनिकालिएको छ ।
बैठकमा सहभागी स्थानीय तह प्रमुखहरुले लक्षणयुक्त बिरामीहरु परिक्षणको दायरामा आउन नमान्नेका कारण संक्रमण दर घटाउन नसकिएको बताएका प्रवक्ता गुरुङले जानकारी दिए ।
यस्तै, बैठकले पालिकास्तरमा स्वस्थ्य सामग्रीको उपलब्धता सहजता रहेको र अविरल वर्षाका कारण भएका क्षतिहरुको पनि जानकारी लिदै पालिकाहरुले समयमा नै सजगता अपनाउन र आउदै गरेको बजेट, नीति तथा कार्यक्रममा जोड दिनुपर्ने निष्कर्षनिकालेको बताइएको छ ।
बैठकमा बजेट वक्तव्यमा बालबिकासका सहयोगी शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई उपलब्ध गर्राईने पारिश्रमिक स्थानीय तहलाई थप आर्थिक भार पर्ने भन्दै संघीय सरकारकै तर्फाट सम्पूर्ण खर्च व्यहोर्न उपयुक्त हुने हुँदा नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।










