घिरिङमा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चन्द्रज्योती माविले जित्यो

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासाथ पुस २५ देखि २९ गतेसम्म विभिन्न खेलकुद प्रतिस्पर्धा आयोजना गरिएको थियो । उक्त प्रतियोगिता घिरिङ गाउँपालिकाको वडा नं ४ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा एथलेटिक्स खेल र वडा नं. ३ स्थित पोखरिछापमा भलिबल खेलको आयोजना गरिएको थियो ।
प्रतियोगितामा सात वटा विद्यालयहरू सहभागी थिए। चन्द्रज्योती माध्यमिक विद्यालयले १७ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित २१ पदक जितेर पहिलो स्थान हासिल ग¥यो । महेन्द्र ज्योती माबिले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको छ भने दीपक माबिले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
यस प्रतियोगितामा १४ विभिन्न प्रकारका खेलहरू सञ्चालन गरिएको थियो, जसमा छात्र र छात्रा मिलाएर २८ खेलहरू आयोजीत भएका थिए ।
विजेताहरुलाई नगद पुरस्कार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ । चन्द्रज्योती माबिलाई ३० हजार, महेन्द्र ज्योती माबिलाई २० हजार र दीपक माबिलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
समापन कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले पुरस्कार वितरण गरेका थिए । उनले खेलकुदको महत्वलाई जोड दिँदै गाउँपालिकामा खेलकुद मैदानको अभाव रहेको भन्दै बजेट बिनियोजन गरिएको जानकारी दिए। साथै, कृष्ण मोटरमार्ग निर्माणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गरिनुपर्ने कुरा पनि उठाए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा २ का अध्यक्ष नर बहादुर थापा, र एमाले घिरिङका अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले आ–आफ्ना विचार व्यक्त गरेको चन्द्रज्योती माबिका प्रधानाध्यापक प्रेम थापाले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker