इलाज सम्बन्धी कसुरमा दमौलीका दुइ मेडिकल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले इलाज सम्बन्धी कसुरमा दमौलीका दुइ मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यास नगरपालिका-३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतको अनुगमन टोलीले निजहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

अनुगमनका क्रममा प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सन मार्फत उपचार गराएको भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै मित्रता स्वास्थ्य क्लिनिकमा डाक्टर नभएको आफै औषधी सिफारिस गरेको, डेंगु संक्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको भेटिएपछि पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker