ऋषिङको प्राथमिकता : स्वास्थ्य र भौतिक पूर्वाधार

भञ्ज्याङ समाचारदाता/ऋषिङ

ऋषिङ गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कोरोना कहरलाई लक्षित गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रसंगै भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको सभाध्यक्षमा बसेको गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले आगामि आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम सार्वजनिक गरेकी थिइन् । गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमा भौतिक पूर्वाधार तर्फ झापुटार ढाक्रे खोला पुलसम्म निर्माण सुरु भएको कालो पोत्रे, भिरकोट दुबुङ कालो, ढुङ्गागाणे रुपटार कालो पोत्रे सुरुवात भएको कामलाई निरन्तरता दिने भएको छ भने अैरी रामजाकोट बाटो पक्की सडक निर्माण, गाउँपालिकाबाट सबै वडामा पुग्ने बाटो पक्की सडक निर्माण गर्ने भएको छ ।

यस्तै, सुत्केरी पोषण भत्ता यसै बर्षबाट सुरुवात गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई ग र घ वर्गका ब्यक्तिलाई सहायता भत्ता वार्षिक रुपमा निरन्तर अगाडि बढाउने भएको छ । संघ, प्रदेशसंग समन्वय गरेर पिपलटार, रुपटार, मधुबनटारमा सिंचाई कार्यक्रम अगाडि बढाउने भएको छ । वडा नं. ६ को पिपलटारमा निर्माणाधिन औधोगिक ग्रामलाई निरन्तरता दिने, एक घर एक धारा खानेपानी आयोजनाको निरनतरता, उज्यालो ऋषिङ अन्तर्गत कतै छुटेका घरमा विद्युत विस्तार गर्ने कार्यक्रमलाई प्रथमिकतामा राखेको छ ।

यस्तै, गाउँपालिकालाई खर मुक्त कार्यक्रम अन्तर्गत कही छुटेका घरलाई संबोधन गर्ने, प्रत्येक विद्यालयमा इन्टरनेट जडान गरी प्रविधिको भरपुर उपयोग गर्ने, प्राविधिक विद्यालय यसै बर्षबाट संचालनमा ल्याउने, कृषी पर्यटनलाई उच्च प्राथमिकता दिने, चालु अवस्थामा रहेका निर्माणधिन योजनालाई निरन्तरता, साहारा विहिनलाई घर निर्माण, ऋषिङ र्फक अभियान अर्न्तर्गत कही घर नभएकालाई सहायता रकम सहयोग गर्ने लगायतका कार्यक्रम ल्याइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker