१५ वर्षदेखि चित्रकलामा रमाइरहेका आँवुखैरेनीका पवन

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअर्न्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुनुहुन्छ नेपाली ।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आँबुखैरेनी-१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उहाँले बताउनुभयो । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भन्नुभयो ।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसक्नुभएको छ । एसएलसी दिएपछि नै चित्रकला सुरु गर्नुभएका उहाँले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाउनुभयो । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्षभयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उहाँ भन्नुहुन्छ ।

पहिले शिक्षण पेसामा आबद्ध उहाँ हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत हुनुहुन्छ तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्नुहुन्छ । उहाँले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका-१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोरेको उहाँ बताउनुहुन्छ । उहाँले अगाडि थप्नुभयो, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्ष बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले चित्रकलामा पोख्त नेपालीको सीपले सबैलाई मोहित तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अकला मन्दिर परिसरमा रहेको रुखमा बनाइएको गणेशको आकृतिले यहाँ आउने भक्तजन तथा पर्यटकलाई आकषिर्त गरेको छ । आफ्नो सीप विद्यार्थीलाई सिकाउने उहाँको काम सराहनीय छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker