भानु नगरपालिकामा कांग्रेसबाट प्रमुखमा त्रिपाठी र उपप्रमुखमा गोतामे निर्वाचित

जिल्लाको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट आनन्दराज त्रिपाठी र उमा गोतामे निर्वाचित भएका छन् । प्रमुख त्रिपाठीले १२ हजार २५२ मत र उपप्रमुख गोतामेले १० हजार ५४७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनीहरुका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाइले ९ हजार ४३ मत र उपप्रमुखमा जोशी समूहबाट स्वतन्त्र उम्मेदवार केशबहादुर गुरुङले ५ हजार ८१७ मत प्राप्त ल्याएका छन् ।

यस्तै, भानुका १३ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले दुइ र स्वतन्त्रले दुइ वडामा जितेको छ । भानु–१ मा कांग्रेसबाट कान्छीमाया तामाङ, भानु–२ मा एमालेबाट केशव त्रिपाठी, भानु–३ मा कांग्रेसबाट तुलकुमार गुरुङ, भानु–४ मा कांग्रेसबाट अर्जुनबहादुर बोहोरा, भानु–५ मा कांग्रेसबाट नहकुल अधिकारी, भानु–६मा कांग्रेसबाट धिरेश खनाल, भानु– मा कांग्रेसबाट खुमप्रसाद श्रेष्ठ, भानु–८ मा कांग्रेसबाट इश्वरबहादुर घिमिरे, भानु–९ मा एमालेबाट मिन गुरुङ, भानु–१० मा कांग्रेसबाट हरिहर उप्रेती, भानु–११ मा स्वतन्त्रबाट विमलराज जोशी, भानु–१२ मा कांग्रेसबाट बेलबहादुर अधिकारी र भानु–१३ मा स्वतन्त्रबाट कृष्णबहादुर अधिकारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यस पालिकामा जम्मा २५ हजार ५७२ मत खसेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker